हिमाली आवाज । घाचोक–माछापुच्छ्रे पोखरा सम्पर्क समाजको प्रथम अधिवेशनबाट पुनः तोयनाथ लम्साल(बैरागी) अध्यक्षमा निर्वाचित हुनुभएको छ । उहाँ यसअघि समाजको तदर्थ समितिको समेत अध्यक्ष हुनुहुन्थ्यो ।
समाजको आज सम्पन्न अधिवेशनले यसअघिको तदर्थ कार्य समितिका अधिकाँस पदाधिकारी तथा सदस्यहरुलाई निरन्तरता दिएको हो ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोक तथा वडा नं १ माछापुच्छ्रे जन्म घर भई हाल पोखरामा विभिन्न पेशा, व्यवसायमा आवद्ध तथा स्थायी तथा अस्थायी बसोबास गर्नेहरुले ६ महिनाअघि समाज गठन गरेका थिए ।
अधिवेशनले प्रथम उपाध्यक्षमा महेश्वर पौडेल, उपाध्यक्ष महिलामा चन्द्राज्यू ठकुरी, सचिव जगत गुरुङ, सहसचिव भानुभक्त पोखरेल, कोषाध्यक्ष सरिता आचार्य लम्साल र सहकोषाध्यक्ष नरबहादुर गुरुङ निर्वाचित हुनुभयो ।
यसैगरी सदस्यहरुमा दुर्गाबहादुर गुरुङ,इन्द्रशोभा पौडेल, चुडामोहन लम्साल,सोमनाथ लम्साल, कृष्ण प्रसाद दवाडी,भोजबहादुर नेपाली, निरु लम्साल र लेखबहादुर केसी रहनुभएको छ ।

यसैगरी न्यायिक समितिको संयोजकमा विष्णुप्रसाद पोखरेल तथा सदस्यहरुमा यामबहादुर जिसी, शंकर कार्की,शिवप्रसाद पोखरेल र सुवास लम्साल चयन हुनुभयो । अधिवेशन सम्पन गर्नका लागि मीन प्रसाद लम्साल, मीनराज लम्साल र महेश्वर पौडेल रहनुभएको तीन सदस्सीय निर्वाचन समिति गठन गरिएको थियो ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै प्रतिनिधिसभाका सदस्य दामोदर बैरागीले समाजले घाचोक र पोखराकाबीचमा पुलको काम गर्दै घाचोकवासीको उन्नतिका लागि काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, उपाध्यक्ष सीता अधिकारी, माछापुच्छ्रे वडा नं ३ का वडाध्यक्ष हरिश्चन्द्र लम्साल, वडा नं १ का वडाध्यक्ष इन्द्र गुरुङ लगायतले समाज गठनको थोरै समयमा समेत संस्था दर्ता देखी धेरै रचनात्मक कार्य गर्न समाज सफल भएको बताउनुभएको थियो । अधिवेशनले सचिव तथा कोषाध्यक्षको प्रतिवेदनलाई पारित समेत गरेको छ ।
नवनिर्वाचित अध्यक्ष तोयनाथ बैरागीले घाचोकवासीको दुःख र सुःखमा साथमा रहने तथा घाचोकको विकासका लागि सहयोग गर्ने उद्धेश्यले समाज गठन गरिएको बताउनुभयो । उहाँले संस्थाले वार्षिक कार्यक्रम बनाएर आफ्ना गतिविधिहरु अघि बढाउने बताउनुभयो ।