हिमाली आवाज । २५६९ औं बुद्ध जयन्तीको अवसरमा कास्कीको मादी गाउँपालिका–७ मा शनिबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।
युवा बौद्ध संघ, धर्मशीला बुद्ध विहार, नदीपुर पोखराद्वारा साप्ताहिक कार्यक्रम अन्तर्गत आयोजित ल्याब परिक्षण, औषधी वितरण सहित निःशुल्क स्वास्थ्य शिविर मादी–७ स्थि धनुवासकालिका माध्यमिक विद्यालयमा संचालन गरिएको छ ।
उक्त स्वास्थ्य शिविरमा तीन सय २७ भन्दा बढी स्थानीयले स्वास्थ्य सेवा स्विधा लिएका थिए। उक्त स्वास्थ्य शिविरमा १७५ सेवाग्राहीले १२२५ थरीका ल्याब परिक्षण, ७५ वटा भिडियो एक्सरे गरेका थिए। कार्यक्रमका संयोजक बरिष्ठ बालरोग विशेषज्ञ डा. भाईरत्न शाक्य, सहसंयोजक रवि उदास तथा कार्यक्रम संचालिका सह–सचिव प्रिति बुद्धाचार्य द्वारा संचालित उक्त स्वास्थ्य शिविर व्यवस्थापन मादी गाउँपालिकाको कार्यालय र मादी आधारभूत अस्पताल छाचोक तथा मादी–७ वडा कार्यालय रहेको थियो।

सो कार्यक्रममा बोल्दै मादी– ७ का वडा अध्यक्ष दुर्गा बहादुर गुरुङ्गले आफ्नो वडामा निशुल्क स्वास्थ्य शिविर कार्यक्रम संचालनको लागि सहयोग गर्नुभएकोमा आभार व्यक्त गर्नुभयो । उहाँले स्वास्थ्यकर्मी तथा सम्पूर्ण चिकित्सक टोली र मादी आधारभूत अस्पतालका डा. विनोद बराल, मादी गापा स्वास्थ्य प्रमुख गोपाल चन्द्र बराल, धनुबास कालिका मा.वि.का प्र.अ. गोपाल सापकोटा तथा मादी आधारभूत अस्पतालका सम्पूर्ण कर्मचारी, जनप्रतिनिधिहरु, स्व्यंसेविकाहरु टोल संयोजकहरु, वडा कार्यालयका कर्मचारीहरुको साथ र सहयोगमा स्वास्थ्य शिविर भव्य रुपमा सम्पन्न भएको बताउनुभयो ।भविष्यमा पनि यस्तै खालको स्वास्थ्य शिविरहरु संचालनको लागि युवा बौद्ध संघ, तथा चिकित्सक टोलीलाई अनुरोध गर्नु भयो।
धर्मशिला बुद्ध विहारका अध्यक्ष कमला थापाको अध्यक्षता, धर्मानुशासक भिक्षु धजवन्तो तथा प्रमुख अतिथि मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङ्गको प्रमुख आतिथ्यता, विशिष्ट अतिथि मादी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष दुर्गा बहादुर गुरुङ्ग र कार्यक्रम संयोजक बरिष्ठ बालरोग विशेषज्ञ डा. भाईरत्न शाक्य, बरिष्ठ हाडजोर्नी तथा नसा रोग डा. यज्ञमान शाक्य, दन्य रोग विशेषज्ञ डा. विनिता बज्राचार्य, नाक, कान घाटी रोग विशेषज्ञ डा. एलिसा सुर्खेती, नाक, कान घाटी रोग विशेषज्ञ डा अशोक महतो, स्त्रीरोग विशेषज्ञ डा. छममाया पुन, रेडियोलोजिस्ट डा. राजुराज जैसी, जनरल फिजिसियन डा. विनोद बराल, डा. किशोर भण्डारी, फिजिसियन डा. अश्विन कुमार श्रेष्ठ, मेडिकल टेक्नोलोजिस्ट डा. अरुण कुमार झा, बालरोग विशेषज्ञ डा. अमन कुमार झा तथा सि.एम.ए. नर्स याम कुमारी गुरुङ्ग लगायत कार्यक्रममा उपस्थित हुनुभएको थियो ।