हिमाली आवाज । समाजवादी पार्टी नयाँ शक्ति पोखरा महानगरको अध्यक्षमा तिलक प्रसाद तिवारी निर्वाचित हुनुभएको ५ । शनिवार पोखरामा सम्पन्न प्रथम अधिवेशन बाट तिवारीको अध्यक्षतामा २५ सदश्यीय कार्यसमिति चयन भयको छ ।
जसको उपाध्यक्षमा सरिता क्षेत्री र भगवान पहारी , सचिव विशाल तिमिल्सिना , सहसचिव डा.लक्ष्मण तिमिल्सिना र कोषाध्यक्षमा भुवानी भुगाईं निर्वाचित हुनुभयो ।

रेशम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको नेसपा नयाँ शक्तिका केन्द्रीय सदस्य , गण्डकी प्रदेश इन्चार्ज एबं गण्डकी प्रदेश सरकारका उर्जा , जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाले ऊद्घघाटन गरेका थिए । कार्यक्रममा केन्द्रीय सदस्यहरू टिकाराम पौडेल , दुर्गा गुरूङ , कर्ण गुरूङ र राजेश आले मगरले सम्बोधन गर्नुभयो ।
गोरखाको नारेश्वरमा जन्मेका तिवारीले २५ बर्ष देखी पोखरालाई कर्म थलो बनाऊदै आाउनुभएको छ । उहाँ े बिभिन्न संघ संस्थामा आबद्ध हुनुहुन्छ ।