हिमाली आवाज । पोखराका पर्यटन व्यवसायीहरुले नेपाल पर्यटन बोर्डको कार्यकारी बोर्ड सदस्यमा यहीँकै व्यवसायीलाई नियुक्त गर्न माग गरेका छन् ।
पोखराका पर्यटन संस्थाहरुको छाता संस्था पोखरा पर्यटन परिषद्ले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे समक्ष सो माग गरेको हो ।
पोखराको पर्यटन व्यवसायमा रु छ खर्ब भन्दा बढी निजी क्षेत्रवाट लगानी रहेको र पोखराबाट पर्यटन वोर्डमा प्रतिनिधित्व नरहेको अवस्थामा यहाँको प्रतिनिधित्वको माग गरिएको परिषद्का अध्यक्ष तारनाथ पहारीले बताउनुभयो ।

“नेपाल पर्यटन बोर्डको रिक्त रहेको कार्यकारी बोर्ड सदस्यमा पोखरामानै प्रत्यक्ष लगानी गरि पर्यटन व्यवसाय संञ्चालन गरी रहका व्यवसायी मध्येवाट पोखराको प्रतिनिधित्व सुनिश्चित्तताका माग गरेका हौँ । देशकै पर्यटकीय राजधानीको रुपमा घोषणा भई सकेको पोखराबाट प्रतिनिधित्व गराउँदा पर्यटन क्षेत्रको सम्मान हुनेछ । ” पहारीले भन्नुभयो ।
पोखराको भावना बुझ्ने पात्र बोर्ड सदस्य नियुक्त हुनुपर्ने माग गरेको व्यवासायीकाे छ। विश्व पर्यटन बजारमा पोखरा स्थापित भइसकेको, पर्यटनको राजधानी समेत घोषणा भइसकेको र पर्यटनको राजधानी स्थापित गर्न आवश्यक पूर्वाधार र नीति निर्माणमा यहाँकाे प्रतिनिधित्वले सहयाेग पुग्ने बताइन्छ ।