हिमाली आवाज । नेपाल पे्रस युनियनको आयोजनामा सुरु भएको लोमान्थाङ अन्तराष्ट्रिय मिडिया समिटको तस्रो दिन कास्कीको अन्नपुर्ण गाउँपालिका र पर्वतको जलजला गाउँपालिकामा कार्यक्रम गर्दै मुस्ताङको मार्फा पुगेको छ ।
पोखराको अन्नपुर्ण केवलकार मार्फत फेवातालको मनोरम दृश्य अवलोकन गर्दै सराङकोट पुगेर यात्रा सुरु भएको थियो । समिटमा सहभागी राष्ट्रिय तथा अन्तरराष्ट्रिय संचार क्षेत्रमा आवद्ध व्यक्तित्वहरुलाई अन्नपुर्ण गाउँपालिकामा बाजा गाजा सहित स्वगत गरिएको थियो ।
अन्नपुर्ण गाउँपालिका प्र∙णमा आयोजित कार्यक्रममा बोल्दै गाँउपालिका अध्यक्ष विष्णु बहादुर केसीले कृषि, पर्यटन र उर्जामा गाउँपालिकाको विकासलाई केन्द्रित गदै नागरिकलाई सुशासन सहितको सेवाप्रवाहमा संवेदनशिल भएर काम गरेको बताउनुभयो । उहाँले अन्तरराष्ट्रिय मिडिया समिटमा सहभागीहरुलाई आफ्नो गाउँमा स्वागत गर्न पाउदा खुसी व्यक्त गनुृभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी, प्रमुख प्रशासकिय अधिकृत विष्णु पोख्रेलले गाउँपालिकाले गर्दै आएका कार्य सहितको संक्षिप्त परिचय सुनाउनुभयो ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले गाउँपालिकाको नेतृत्व सहितको टिमलाई समिटको व्याज सहित मायाको चिनो प्रदान गर्नुभयो ।
त्यसलगतै पर्वतको जलजला गाउँपालिकामा नेपाल प्रेस युनियन पर्वतले आयोजना गरेको कार्यक्रममा जलजला गाउँपालिकाकोे कृषि, पर्यटनको सम्भावनाबारे कार्यपत्र गाउँपालिकाका सुचना प्रविधि अधिकृत सुदिप पौडेलले प्रस्तुत गर्नुभयो ।
४१ प्रतिशत जमिन वनजंगलले ढाकेको जलजला गाँउपालिकाले न्युनतम स्रोत र साधनमा पनि जडिबुटी, जमिन जगंल र कृषिमा सम्भावना खोजेको प्रमुख प्रशासकिय अधिकृत हरि कृष्ण आचार्यले बताउनुभयो ।
नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले गाउँपालिकाका सम्भावनालाई संचार माध्यमका मार्फत उजागर गर्ने बताउनुभयो ।
मुस्ताङको जोमसोममा मंगलबार जलवायु परिवर्तन र यस्को प्रभाव , चनौतीका बारेमा छलफल हुने नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंक अधिकारीले हिमाली आवाजलाइ जानकारी दिनुभयो ।