पोखरामा मरेको खसीको मासु बिक्री गर्ने दुई जना पक्राउ

हिमाली आवाज । पोखरामा मरेको खसी काटेर बिक्री वितरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पछि उनीहरुलाई कालो बजार तथा सार्वजनिक अपराध सम्बन्धी कसुरमा मुद्धा अघि बढाइएको हो ।

चितवन ईच्छा मनकामना गा.पा– ६ स्थायी घर भई हाल पोखरा महानगरपालिका –ं.१६ स्थित मोडेल सप्लायर्समा काम गर्ने वर्ष ३८ को मिलन गुरुङ र लम्जुङ क्वोलासोथर गा.पा–३ स्थायी घर भई पोखरा महानगरपालिका –१६ स्थित मोडेल सप्लायर्स र पोखरा लाईभ स्टोर्स एण्ड कृषि फर्ममा काम गर्ने वर्ष ३२ को राम गुरुङ पक्राउ परेका हुन् ।

यही वैशाख २९ गते राति पोखरा महानगर–१४ खसीबजार स्थित मोडेल सप्लायर्स र पोखरा लाईभ स्टोर्स एण्ड कृषि फर्म प्रा.लि.मा मरेको खसी काटी बेचबिखन गरिरहेको भन्ने गोप्य सूचनापछि प्रहरी पुगेको थियो ।

प्रहरी टोलीले उक्त फर्ममा मरेको खसीहरुलाई ड्रेसिङ गरिरहेको तथा विक्री बितरण गर्ने तयारीमा रहेको ५४ किलो बरामद गरिएको थियो । पक्राउ परेका दुबै जनालाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट कालो बजारी तथा केही सार्वजनिक अपराध सम्बन्धी कसूरमा दिन पाँच  म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Comments
Loading...