पोखराको पुम्दीभुम्दीमा पर्यटक सवार बस दुर्घटना

हिमाली आवाज । पोखरामा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा २६ जना घाईते भएका छन् । पोखरा महानगरपालिका वडा नम्बर–२२ पुम्दीभूम्दीस्थित शान्तिस्तुप नजिकै भारतीय पर्यटक बोकेको ग.१ ख. ३८८६ नम्बरको बस दुर्घटना हुँदा उनीहरु घाईते भएका हुन् । घाईतेमध्ये ५ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

बस पुम्दीकोटस्थित महादेवको मन्दिर पुगेर फर्किदै गरेको बस दुर्घटनामा हो । स्थानीयका अनुसार शान्तिस्तुप नजिकैको घुम्तीमा बस मोड्ने क्रममा ब्रेक राम्रोसँग नलाग्दा दुर्घटना भएको हो ।

Comments
Loading...