हिमाली आवाज । कास्कीकाे पोखरा महानगरपालिका- ३२ लामेआहालमा इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

धादिङबाट पोखरा आउँदै गरेको ग १ ज ८६३० नम्बरको माइक्रो लामेआहालमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनामा परी थप ८ जना घाइते भएको कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिाु भयाे । मृतक र घाइतेको पहिचान खुल्न बाँकी रहेकाे छ।