हिमाली आवाज । पोखरामा आज भएको माइक्रोबस दुर्घटनामा परी मृत्यु हुने तीन जनाको सनाखत भएको छ । पोखरा महानगरपालिका– ३२ लामेआहालमा ग १ ज ८६३० नम्बरको विद्युतीय माइक्रो दुर्घटनामा परेको हो।
इलेक्ट्रिक माइक्रो दुर्घटना हुँदा पोखराको हेमजाकी ५१ वर्षीया झाङमाया गुरुङ, धादिङको ज्वालामुखी गाउँपालिका–५ की ४५ वर्षीयातिलकुमारी आचार्य र धादिङकै निलकण्ठ नगरपालिका–२ का १५ वर्षीय आगम गुरुङ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

त्यस्तै घाइते हुने ८ जनामा कास्की पोखरा महानगरपालिका–१४का ४६ वर्षीय रमेश प्रसाद ढुंगाना, उनकी श्रीमति ४५ वर्षीया पार्वती ढुंगाना, धादिङको निलकण्ठ नगरपालिका–४ का २४ वर्षीय राज कुमार परियार, कास्की पोखरा महानगरपालिका–२५ का ३२ वर्षीय सानुबाबु गुरुङ र धादिङ निलकण्ठ नगरपालिका–१३ का ३५ वर्षीय राजु मगर रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
घाइते भएकामध्य पोखरा महानगरपालिका–२५ का २७ वर्षीय आईतसिंह गुरुङ, निलकण्ठ नगरपालिका–१३ का १९ वर्षीय सुदीप गुरुङ र त्यही क्षेत्रका १९ वर्षीय अनुप गुरुङ भने डिस्चार्ज हुनुभएको छ ।