माछापुच्छ्रेमा सबैभन्दा कम हुँदा पोखरामा सर्वाधिक बेरुजु

हिमाली आवाज । कास्कीको माछापुच्छ्रे गाउँपालिका जिल्लामा सबैभन्दा कम बेरुजु रहेको पालिका बनेको छ ।

महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०÷०८१ को प्रतिवेदन अनुसार जिल्लाका अन्य पालिकाहरु मध्येमा पोखरा महानगरमा सबैभन्दा बढी बेरुजु हुँदा माछापुच्छ्रेमा सबैभन्दा कम रहेको छ । माछापुच्छ्रे शुन्य बेरुजु नजिक रहेको छ ।

माछापुच्छ्रे गाउँपालिकामा कूल रु १ अर्ब ५२ करोड ६६ लाख सात हजार लेखा परीक्षण गरिएकामा रु ३६ लाख ६२ हजार बेरुजु रहेको छ । जुन शुन्य दशमलव २४ प्रतिशत हुन आउँछ ।

यसैगरी पोखरा महानगरपालिकाको रु १३ अर्ब ४६ करोड ७२ लाख ६० हजारको लेखा परीक्षण गरिएकामा ५० करोड ४३ लाख नौ हजार बेरुजु रहेको छ । पोखरामा तीन दशमलव ७४ प्रतिशत बेरुजु छ ।

रुपा गाउँपालिकाको रु ७६ करोड आठ लाख पाँच हजारमा रु ५० लाख ३५ हजार बेरुजु आएको छ । जुन शुन्य दशमलव ६६ प्रतिशत रहेको छ ।
यसैगरी मादी गाउँपालिकाको बेरुजु रु दुई करोड ४१लाख ४४ हजार रहेको छ । जुन दुर्य दशमवल ३५ प्रतिशत हो । मादीमा कूल रु एक अर्ब दुई करोड ७३ लाख सात हजारको लेखा परीक्षण गरिएको थियो ।

अन्नपूर्ण गाउँपालिकामा रु एक अर्ब ५० करोड ४६ लाख ५५ हजारको लेखा परीक्षण गरिएकामा रु दुई करोड १८ दाख ९५ हजार बेरुुज आएको छ । अन्नपूर्णको बेरुुज एक दशमलव ४६ प्रतिशत छ ।

 

Comments
Loading...