माओवादीकाे मध्यपहाडी अभियान आज गण्डकी प्रवेश गर्दै(यस्ता छन् गण्डकीका कार्यक्रम)

हिमाली आवाज । नेकपा(माओवादी केन्द्र)ले सञ्चालन गरेको जनतासँग माओवादी जागरण अभियानकाे मध्यपहाडी लोकमार्ग अभियान टोली आज गण्डकी प्रदेश प्रवेश गर्दैछ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) नेतृत्वको टोलीलाई आज रुकुम र बाग्लुङको सीमा निसिखाेला गाउँपालिकाकाे पातीहाल्नेमा गण्डकी प्रदेशबाट भव्य स्वागतको तयारी गरिएको छ । गण्डकी प्रदेशका इन्चार्ज दीननाथ शर्मा, सहइन्चार्ज हरिराज अधिकारी तथा पार्टीका अध्यक्ष गायत्री गुरुङ लगायतको माओवादी गण्डकीको नेतृत्व अहिले स्वगतका लागि पातीहाल्ने पुगिसकेको छ ।

यही जेठ  ८ देखी १० गतेसम्म मध्यपहाडी राजमार्गका पर्ने गण्डकी प्रदेशका बाग्लुङ, पर्वत र कास्की जिल्लामा अभियान सञ्चालन हुने माओवादी केन्द्र गण्डकीका अध्यक्ष गायत्री गुरुङले हिमाली आवाजलाई जानकारी दिनुभयो । अभियान अन्तर्गत माओवादीले यही जेठ १० गते पोखराको चिप्लेढुँगामा वृहत जनसभा आयोजना गरेको छ ।

गण्डकीमा यस्तो छ माओवादी अभियानको कार्यतालिका :

Comments
Loading...