नेपाल वुद्धिजिवी परिषद् माछापुच्छ्रेको शपथ तथा पदस्थापन

हिमाली आवाज । नेपाल बुद्धिजीवी परिषद् माछापुच्छ्रे गाउँ कमिटीको शपथ ग्रहण पदस्थापन तथा अन्तरक्रियात्मक कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल बुद्धिजीवी परिषद् माछापुछ्रे गाउँ कमिटीका पदाधिकारी तथा सदस्यहरू ले सपथ ग्रहण गर्नुभएको छ।परिषद्का अध्यक्ष लीलाधर अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बुद्धिजीवी परिषद् जिल्ला कमिटी कास्कीका अध्यक्ष डा नगेन्द्र भण्डारी प्रमुख अतिथि रहनुभएको थियो कार्यक्रममा विशेष अतिथिको रुपमा नेकपा एमाले कास्कीका उपसचिव लालबहादुर परियार तथा माछापुछ्रे भूगोलभित्रका जिल्ला कमिटीका अन्य सदस्यहरु उपस्थित हुनुहुन्थ्यो ।

कार्यक्रममा माछापुछ्रे गाउँपालिकामा आर्थिक विकासका सम्भावना र चुनौतीहरू विषयमा कमिटीका उपसचिव सुशील अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। माछापुछ्रे गाउँपालिकामा पर्यटन कृषि तथा जलविद्युत क्षेत्रलाई व्यवस्थित गरी लैजान सकेमा पालिकाले आर्थिक विकासमा फड्को मारी पालिका बासी को जीवनस्तरमा सुधार गर्न सकिने निष्कर्ष निकालिएको कार्यक्रमको रहेको छ ।

माछापुछ्रे गाउँपालिकाको सम्पूर्ण भूगोललाई समेट्ने गरी १५ सदस्य पालिका कमिटीको सपथ ग्रहण भएको हो । कार्यक्रमको सञ्चालन कमिटीका सचिव तारा अधिकारीले गर्नुभएको थियो ।

Comments
Loading...