काठमाडाैँ उपत्यकामा आइतबार सार्वजनिक बिदा दिने सरकारकाे निर्णय

हिमाली आवाज । आगामी जेठ १८ गते आइतबार रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ । उक्त दिन काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा हुने भएको  छ ।

गृह मन्त्रालयले आज एक सूचना जारी गरेर काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।

हरेक वर्ष ललितपुरको जावलाखेलमा भोटोजात्रा देखाइन्छ । उक्त अवसरमा राष्ट्रपतिसहितका विशिष्ट अतिथि सहभागी हुनेछन् । हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्परा छ ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गावहाल, मंगलबार, टंगाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै बिहीबार जावलाखेल ल्याइएको थियो ।

Comments
Loading...