माछापुच्छ्रेमा मेडिप्लस अस्पतालको सहयोगमा निःशुल्क स्वास्थ्य शिविर : तीन सय बढी लाभान्वित

हिमाली आवाज । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका वडा नं ३ घाचोकमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा मेडिप्लस हस्पिट एण्ड ट्रमा सेन्टर प्रालिको प्राविधिक सहयोगमा गणतन्त्र दिवसको अवसर पारेर बिहीबार शिविर आयोजना गरिएको हो । सो शिरिबाट एक सय ४३ जनाको थाइराइड फङ्सन टेस्ट ९टिएफटी० र एक सय ८३ जनाको रक्तचाप र मधुमेह जाँच गरिएको थियो ।

शिविरमा डा सरोज पोखरेल, डा अनुज श्रेष्ठ र डा प्रदीप सिग्देल विरामीहरुको थाइरोइड सुगर किड्नी र उच्च रक्तचापको बारेमा चेक जाँच गर्नुभएको थियो। सो अवसरमा मेरी प्लस हस्पिटल एण्ड ट्रामा सेन्टरको प्राविधिक सहयोगमा चारजना प्रयोगशाला प्राविधिकहरु, नर्सहरू, थाइरोइड तथा सुगर सम्बन्धी सचेतना प्रदान गरिएको थियो ।

माछापुच्छ्रे–३ का वडा सदस्य दुर्गादत्त पोखरेलको अध्यक्षता तथा वयोवृद्ध सामाजिक व्यक्तित्व तोयनाथ शर्मा लम्साल को प्रमुख आतिथ्य र मेडिकल हस्पिटलका मेडिकल डाइरेक्टर डा सरोज पोख्रेलको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा मेघराज आधारभुत विद्यालयका प्रअ विश्वमोहन पोखरेलले स्वागत मन्तव्य तथा संरक्षण व्यवस्थापन समितिका अध्यक्ष रविलाल पोखरेलले शुभकामना दिनुभएको थियो। कार्यक्रममा समाजका वरिष्ठ व्यक्तित्व समाजसेवीहरू, राजनीतिक दलका प्रतिनिधिहरू, संस्थापक वडाध्यक्ष, लगायत महिला दिदीबहिनीहरूको विशेष उपस्थिति थियो।

कार्यक्रममा डा सरोज पोखरेलले नसर्ने किसिमका रोगहरू समाजमा बढ्दै गएकाले यस्ता रोगका लक्षणहरु देखिएमा चिकित्सको परामर्श लिन र रोगबाट बच्ने उपायहरू र नियमित जानकारी नियमित चेकअपको बारेमा प्रकाश पार्नुभयो ।

Comments
Loading...