हिमाली आवाज । नदीमा उद्धार अभ्यास गर्ने क्रममा डुबेर दुई सशस्त्र प्रहरी बेपत्ता भएका छन् ।
सप्तकोशी नदीमा गोताखोरसहितको उद्धार टोलीले अभ्यास गरिरहेको बेला डुबेर सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका हुन ।

डुबेर बेपत्ता भएका दुई जना सशस्त्र प्रहरीलाई खोज्ने क्रममा अर्को एक व्यक्तिको शव भेटिएको छ । बर्षात्को समयमा बाढी पहिरोबाट फसेका सर्वसाधारणलाई उद्धार गर्नका लागि मधेश प्रदेश सशस्त्र प्रहरी कार्यालयबाट सप्तकोशीमा गोताखोर सहितको उद्धार टोलीले अभ्यास गरिरहेको बेला डुबेर बेपत्ता भएका सशस्त्र प्रहरीका जवानलाई खोज्ने क्रममा अर्को एक व्यक्तिको शव भेटिएको घट्नास्थलमा पुग्नुभएका सप्तरीका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिनुभयो । अभ्यास गर्ने क्रममा डुबेर बेपत्ता भएका सशस्त्र प्रहरी जवान साउद र राजवंशीको खोजी भइरहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार सप्तरी र सुनसरीका प्रहरी युनिटबाट थप जनशक्ति परिचालन गरी नदीमा बेपत्ता भएकाहरूको खोजी भइरहेको छ।