कृषि सञ्जालले दियो झोलमल बनाउने तालिम

हिमाली आवाज । पोखरा महानगर पालिका वडा नं– ६ वडा स्तरीय कृषि संजाल बैदामको आयोजना र वडा कार्यालय ६ को आर्थिक र प्राविधिक सहयोगमा एक दिवसीय “प्राङ्गारिक कृषिका लागि झोल मल बनाउने” तालिम शनिबार सम्पन्न भएको छ ।

तालिममा कौशि खेति क्वीनका उपविजेता तथा प्रशिक्षक कान्ति पौडेल अधिकारीले झोल मल बनाउने तरिका सिकाउनुभयो। बैदाम क्षेत्रका स्थनिय संघ संस्थाका करिब ३० जनाले मल बनाउने तालिम लिएका थिए । कार्यक्रममा धृपि, कफि र कुरिलो गरि विभिन्न प्रजातिका ३ सय विरुवा समेत वितरण गरिएको अध्यक्ष विन्द्रा धरेल जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं ६ का वडा सदस्य पवित्रा थापाले कौसि खेति सहित करेसा बारीमा प्रयोग हुने मलहरु ऋाफैले उत्पादन गर्ने सके स्वास्थ र अर्गानि तरकारी र फलपूल खान पाइने बताउनुभयो ।प्रशिक्षक कान्ति पौडेल अधिकारीले झोल मललाई जैविक मलका रुपमा प्रयोग गर्ने सकिने बताउनुभयो ।

वडा सदस्य बासु बरालले कृर्षि संजाल बैदामले रासायनिक मलले पुराएको असर भोग्दै आएका किसानलाई संजालले प्राङ्गारिक कृर्षि लागि झोलमल बनाउने तालिम दिएकोमा खुशि ब्यक्त गर्नुभयो ।

वडा सदस्य शोभा जलारीले बेरोजगारीलाई अन्त्य गर्ने उद्देश्यका साथ हातमा सिप प्रदान गरेर स्वरोजगारमार्फत महिला तथा स्थानीयहरुलाई आय आर्जनमा आत्मनिर्भर बनाउनका लागि तालिम प्रभावकारी हुने विश्वास ब्यक्त गर्नुभयो ।

संजालकी अध्यक्ष विन्दा धरेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रामेश्वर न्यौपने र सचिब चन्द्रकला घिमिरे पहारीले लगाएतले तालिममा सिकेको ज्ञानलाई ब्यवहारमा उर्तान सके मात्र तालिमको महत्व बढने बताउनुभएको थियो ।

Comments
Loading...