जिल्ला प्रशासन कार्यालय कास्कीद्धारा पोखरामा निषेधाज्ञा जारी(सूचना सहित)

हिमाली आवाज । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको सहिदचोक र गण्डकी प्रदेशसभा आसपास क्षेत्रमा निषेधाज्ञा लगाएको छ । प्रशासनले सूचना जारी गरी जानकारी दिएको हो ।

शहिदचोकको पूर्वतर्फ वाइचोक, पश्चिमतर्फ फिस्टेलचोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ राष्ट्र बैङ्क चोकसम्म निषेधाज्ञा लगाइएको छ ।

यस्तै गण्डकी प्रदेश सभाको उत्तरतर्फ भिमकाली पाटन बगर, दक्षिणमा अधिकारी टोल, पूर्व तर्फ नदीपुर हाइवे र पच्चिमतर्फ बागबजार ट्याक्सीचोकसम्म निषेधाज्ञा छ ।

प्रशासनले निषेधाज्ञा तोकिएको क्षेत्रमा ५ जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ,जुलुुस,प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको जनाइएको छ ।

जनेजी आन्दोलनका कारण काठमाडौँमा सोमबार १९ जनाले ज्यान गुमाएका छन् भने सयौँ घाइते छन् । पोखरामा पनि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो ।

Comments
Loading...