विज्ञान समाजको आयोजनामा पोखरामा प्रदेशस्तरीय हाजिरीजवाफ प्रतियोगिता

हिमाली आवाज । विज्ञान समाज नेपाल कास्कीको आयोजनाको पोखरामा विज्ञान हाजिरी जवाफ तथा शिक्षक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

सो प्रतियोगितामा पोखराको न्यू मोडल माविका अनिज पोखरेल र ओजश्वी पौडेल प्रथम हुन सफल भएका छन् । उनीहरुले नगद रु १५ हजार सहित शिल्ड र ट्रफी पुरस्कार पाए ।यसैगरी मदरल्याण्ड माविका संकल्प पौडेलर प्रवेश थापा द्धितीय भए । उनीहरुले रु १२ हजार पुरस्कार पाए ।

ताराकुञ्ज माविका अनुपा बास्तोला र अञ्जली रानाभाट प्रतियोगितामा तृतीय हुँदै रु १० हजार पुरस्कार पाउन सफल भए । भाष्कर माविले सान्त्वना स्थान हासिल गर्न सफल भयो । विजेता विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पस पोखराका सहायक क्याम्पस प्रमुख डा विजयबहादुर थापा, कार्यक्रमका सभापति एवं विज्ञान समाज नेपाल कास्कीका अध्यक्ष शान्तराम लामिछाने लगायतले पुरस्कार वितरण गर्नुभयो ।

सोही अवसरमा एसइई परीक्षा २०८१ मा विज्ञान विषयमा उत्कृष्ट अंक ल्याउन सफल हुने संस्थागत विद्यालयतर्फ मदरल्याण्ड माविका शिक्षकहरु महेश कुमार प्रधान, हरि कुँवर र राम प्रसाद ओझा तथा सामुदायिकतर्फ अमरसिँह माविका शिक्षकहरु सुदिप आचार्य, ज्योति प्रसाद आचार्य र खेमराज आचार्यलाई सम्मान गरिएको थियो ।

यसैगरी पृथ्वीनारायण क्याम्पस पोखराका तत्कालीन सहप्राध्यापक पविणमणि पौडेललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो। कार्यक्रम संयोजक दुर्गा सुवेदीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन सचिव सुनिल न्यौपानेले गर्नुभएको थियो । कार्यक्रममा प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, स्टान कास्कीका संस्थापक राजकुमार ढकाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Comments
Loading...