पोखरा ‘ओपन तथा भेट्रान्स’ अन्तर्राष्ट्रिय टेनिस पुस ११ देखी

 हिमाली आवाज। पर्यटकीय शहर पोखरामा यही पुस ११ देखी २२ औँ संस्करणको ‘माछापुच्छ्रे कप’ पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता सुरु हुँदैछ ।कास्की जिल्ला टेनिस संघको आयोजना र माछापुच्छ«े बैँकको मुख्य सहयोगमा प्रतियोगिता हुन लागेको हो ।

यस प्रतियोगितामा नेपाल, भारत, भुटान लगायत देशबाट महिला तथा पुरुष खेलाडी गरी एक सय बढीको सहभागिता रहने आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता संयोजक नविन चालिसेले बताउनुभयो । यस संस्करणमा कूल १२ विधामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा ‘मेन्स’ तथा ‘उमेन्स’ सिंगल्स, डबल्स तथा ३५+,४५+,५५+,६५ वर्ष माथि गरी विभिन्न १२ ईभेन्टमा प्रतिस्पर्धा हुने सो प्रतियोगिता संयोजक चालिसेले बताउनुभयो।

उहाँका अनुसार ओपन तर्फ मेन्स तथा उमेन्स सिंगल्स बिजेताले नगद रु ८० हजार, उप–बिजेताले रु ४० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद रु २० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन । मेन्स तथा उमेन्स डबल्स तर्फ बिजेताले नगद रु ३० हजार, उपबिजेताले रु १५ हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद रु १० हजार सहित मेडल पुरस्कार पाउने छन् ।

यसैगरी ३५ वर्ष माथिको सिंगल्स बिजेताले नगद रु ६० हजार उपबिजेताले रु ३० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद रु १५ हजार सहित मेडल पुरस्कार प्राप्त गर्नेछन् ।

३५ वर्ष माथिको डबल्स बिजेताले नगद रु २० हजार, उपबिजेताले रु १५ हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद रु १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन ।
यसैगरी ४५ वर्ष माथिको सिंगल्स बिजेताले नगद रु ४० हजार, उपबिजेताले रु २० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद रु १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन ।
४५ वर्ष माथिको डबल्स बिजेताले नगद रु २० हजार उपबिजेताले रु १५ हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद रु १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन । यसैगरी ५५ वर्ष माथिको सिंगल्स बिजेताले नगद रु ३० हजार उपबिजेताले रु १५ हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद रु १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन ।

यसैगरी ५५ वर्ष माथिको डबल्स बिजेताले नगद रु २० हजार,उपबिजेताले रु १० हजार सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद रु १० हजार सहित मेडल पुरस्कार प्राप्त गर्ने छन ।

यसैगरी ६५ वर्ष माथिको सिंगल्स बिजेताले नगद रु १५ हजार उपबिजेताले रु सात हजार पाँच सय सहित ट्रफि तथा सेमिफाइनलिस्टले नगद रु दुई हजार पाँच सय सहित मेडल पुरस्कार प्राप्त गर्ने छन ।
यसैगरी ६५ वर्ष माथिको डबल्स बिजेताले नगद रु १० हजार र उपबिजेताले रु पाँच हजार सहित ट्रफि मेडल पुरस्कार प्राप्त गर्ने संघ कास्कीका सचिव भिष्मराज पौडेलले बताउनुभयो ।

निरन्तर रुपमा आयोजना भएको प्रतियोगिताले कास्कीको टेनिस खेललाई व्यवसायिक बनाएको आयोजकको भनाई छ ।
सबैको साथ सहयोगमा प्रतियोगिता नियमित रुपमा हुँदै आएकोमा यो संस्करणमा समेत सबैबाट सकारात्मक सहयोगको अपेक्षा लिएको सचिव पौडेलले बताउनुभयो ।

Comments
Loading...