हिमाली आवाज । बागलुङमा नयाँ व्यवस्थापनका साथ महिन्द्रा एण्ड महेन्द्रा कम्पनीको आधिकारिक सर्भिस सेन्टर सँचालनमा आएको छ ।
यातायातको क्षेत्रमा लामो समयदेखि सक्रिय रहदै आउँनु भएका बागलुङ नगरपालिका वडा नम्वर ११ रायडाँडा निवासी चित्रबहादुर केसीले बानपा १ रामरेखामा प्रज्ञान मोटर्स संचालनमा ल्याउनु भएको हो ।
बिषेश गरि महिन्द्रा कम्पनीका गाडिलाई लक्षित गरि १ करोड ५० लाखको लगानिमा सर्भिस सेन्टर संचालनमा ल्याएको प्रज्ञान मोटर्सका प्रोपाइटर समेत रहनु भएका केसीले बताउनुभयो । महिन्द्रा कम्पनीका गाडिको मर्मत गर्ने गरि अग्नी ग्रुप अन्तरगत बालाजु अटो वक्र्स काठमाण्डौ र बिवि इन्कर्पोरेट प्रालि पोखराको समन्वयमा सर्भिस सेन्टरको शुभारम्भ गरिएको डाइरेक्टर प्रताप केसीले बताउनुभयो ।
सर्भिस सेन्टरमा दक्ष तथा तालिम प्राप्त जनशक्तिद्धारा मर्मत सेवा प्रदान गरिने र नयाँ तथा आधुनिक प्रवृद्धिमैत्री बातावरणमा सेवाग्राहीलाई सर्व सुलव सेवा उपलव्ध गराइने उहाँले जानकारी दिनुभयो । जेनुन स्पीयर पार्टस तथा ल्युविकेन्टस पनि उललव्ध रहेको उहाँको भनाई थियो ।
प्रज्ञान मोटर्सको शुभारम्भ गर्दै महिन्द्रा एण्ड महेन्द्रा अप्टर सेल्स कन्ट्री म्यानेजर सोमनाथ धरले छिटो छरितो सेवा प्रवाहलाई ध्यान दिन आवश्यक रहेको बताउनुभयो । उहाँले सेवाग्राहीले कुनै पनि गुनासो नगर्ने गरि काम गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
कार्यक्रममा बिवि इन्कर्पोरेट प्रालि पोखराका बिजनेश प्रमुख राजेश रानाभाट, बागलुङ नगरपालिका वडा नम्वर ११ का अध्यक्ष ज्ञानेन्द्र गौतम, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य र बालाजु अटोवक्स प्रालिका प्रोभिन्स म्यानेजर सन्तोष सुवेदीले मंतव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रम प्रज्ञान मोटर्सका प्रोपाइटर चित्रबहादुर केसीको अध्यक्षता, डाइरेक्टर प्रताप केसीको स्वागत र सञ्चारकर्मी ताराप्रसाद शर्माको सचालनमा सम्पन्न भएको थियो ।


