जिल्ला प्रशासनहरुलाई निर्वाचन आचारसंहिता परिपालनामा कडाइ गर्न निर्देशन

हिमाली आवाज । गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचन पूर्व र निर्वाचनको अवधिमा हुनसक्ने आचारसंहिता उल्लङ्घनका घटना रोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले आज सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै निर्वाचन आचारसंहिता कार्यान्वयनको नियमित अनुगमन गरी प्रभावकारी रूपमा कार्यान्वयन गराउन निर्देशन दिएको हो ।

आचारसंहिता कार्यान्वयनमा गरिएका कार्यको नियमित रूपमा मन्त्रालयमा प्रतिवेदन पेस गर्न निर्देशन दिइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । निर्वाचन आयोगले यही माघ ४ गतेदेखि प्रतिनिधिसभा सदस्य निर्वाचन आचारसंहिता लागू गरेको छ ।

Comments
Loading...