हिमाली आवाज । नेपाली कम्युनिष्ट पार्टीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ६ र ८ का सम्पर्क कार्यालय तथा निर्वाचन परिचालन कमिटीका कार्यालय उद्घाटन गरिएको छ ।
सोही क्षेत्रका निर्वाचन परिचालन कमिटी संयोजक समेत रहनुभएका पूर्वमन्त्री रामजी प्रसाद बराल ‘जीवन’ ले कार्यालयको उद्घाटन गर्नुभयो। सो अवसरमा नेता बरालले देशमा स्थिरता र जनताको विकासको चाहना पूरा गर्नका लागि नेपाली कम्युनिष्ट पार्टीको जितको विकल्प नभएको बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधिसभाका उम्मेदवार गोपाल गिरीले पार्टीलाई जनताको घरदैलोमा पु¥याउँदै संगठन मजबुत बनाउने आवश्यकतामा जोड दिनुभयो। उहाँले आगामी निर्वाचनमा पार्टीलाई विजय गराउन सबै तहका कार्यकर्ताहरू एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।
वडा नं. ६ मा सम्पन्न कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष राम नेपाली (आर्यन सीके) ले गर्नुभएको थियो भने वडा नं. ८ को कार्यक्रमको अध्यक्षता फुलमाया विकले गर्नुभएको थियो। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी केन्द्रीय सदस्य प्रविणा अधिकारी, पार्टी नेता राजेन्द्र गुरुङ तथा सहिद तथा बेपत्ता परिवारको तर्फबाट देविप्रसाद लामिछानेले मन्तव्य राख्नुभएको थियो।
वक्ताहरूले जनआधारित राजनीति, संगठन विस्तार र निर्वाचन लक्षित परिचालनलाई प्रभावकारी बनाउने विषयमा धारणा राख्दै पार्टीको ऐतिहासिक भूमिकालाई अझ सशक्त बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।


