कालिका क्याम्पसद्धारा विद्यार्थीहरुलाई स्कुल पोशाक र शैक्षिक सामाग्री सहयोग

हिमाली आवाज । पोखराको कालिका बहुमुखी क्याम्पसले माछापुच्छे गाउँ पालिका वडा नं ९ , सिदीङ्ग स्थित सरस्वती आधारभुत विद्यालयका ११५ जना विद्यार्थीहरुलाई विद्यालय पोशाक र विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

कालिका बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख बिरन्जी गौतम र माछापुच्छे गाउँ पालिका वडा नं ९ का अध्यक्ष हरि बहादुर क्षेत्रीले सयुक्त रुपमा विद्यार्थीहरुलाई पोशाक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धि बहादुर तमाङ्गलाई शैक्षिक सामाग्री हस्तारण गर्नुभयो । क्याम्पसले समुदायमा पहुँच वृद्धि कार्यक्रम अन्र्तगत कुनै पनि सस्थाले अन्य कुनै पनि सस्था समक्ष सम्बन्ध कायम गरी एक अर्का वीच समाजिक, आर्थिक र नैतिक सर सहयोगको वारेमा छलफल गरी निचोडमा पुग्ने उद्देश्यका साथ सो सहयोग गरेको जनाएको छ ।

कार्यक्रमा अध्यक्ष क्षेत्रीले माछापुच्छे गाउ पालिका भित्र आधारभूत विद्यालयमा सवै भन्दा धेरै विद्यार्थी सख्या रहेको र यो विद्यालय गाउ पालिकाको अति दुर्गममा रहेको बताउनुभयो । उहाँले विद्यालयको नतिजा उत्कृष्ट रहेको यहाँ अध्यन पुरा गरेका विद्यार्थी अन्य स्कुलमा थप अध्ययन गर्ने जादाँ अव्वल रहको बताउनुभयो ।
क्याम्पस प्रमुख बिरन्जी गौतमले माछापुच्छेको शिरमा आई विद्यार्थी, शिक्षक, अभिभावकहरु संग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो । उहाँले वास्तवमा उच्च शिक्षाको जग आफ्नो घरमा बसी गाँऊकै परिवेश अनुसार अध्ययन गरेमा मात्र मजबुत रहने बताउनुभयो । गौतमले मर्दी हिमाल टेकिङ्गको मुख्य बाटो रहेको हुँदा यँहाका सरोकारवालाहरुले कसरी पर्यष्टन लाई थप प्रभावकारी बनाउन सकिन्छ, र यहाँको उत्पादनहरु लाई कसरी बजारीकरण गर्न सकिन्छ । यस वारेमा सचेत हुनु पर्ने र यसका लागि सानो कक्षा देखि नै विद्यार्थीलाई भाई बहिनीहरुलाई त्यस सम्वन्धि आवश्यक शिक्षाको व्यवस्था गनुपर्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धी बहादुर तामाङ्ग र प्रधानाध्यापक शान्ति तामाङ्गले सहयोगी सस्था प्रति आभार प्रकट गर्दै विद्यार्थी र विद्यालयलाई गरेको सहयोग अविष्मरणीय रहने उल्लेख गर्नुभयो । कक्षा ७ का विद्यार्थी दिया तामाङ्गले क्याम्पस परीवरलाई धन्यवाद व्यक्त गदै यसले थप प्रेरणा मिलेको बताउनुभयो । सहायक क्याम्पस प्रमुख शालिकराम तिमिल्सिनाले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभयो भने लेखा प्रमुख हुकुमराज थापाले विद्यालय परिबारलाई अवसरको लागि धन्यवाद प्रदान गर्नुभयो । कार्यक्रमको संञ्चालन त्यसै विद्यालयका शिक्षक शलिकराम गौतमले गर्नुभएको थियो ।

Comments
Loading...