सगरमाथा माविमा खाना महोत्सव तथा विज्ञान प्रदर्शनी सम्पन्न

हिमाली आवाज । पोखरा महानगरपालिका–४ मा अवस्थित सगरमाथा माध्यमिक विद्यालयमा आज “सगरमाथा खाना महोत्सव एवं विज्ञान प्रदर्शनी” सम्पन्न भएको छ । सो कार्यक्रम विविध सांस्कृतिक प्रस्तुतिसहित उक्त कार्यक्रम आयोजना गरिएको हो।

सगरमाथा माध्यमिक विद्यालयको आयोजना तथा सगरमाथा इन्ट्रयाक्ट क्लबको विशेष संयोजनमा कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रमको अध्यक्षता इन्ट्रयाक्ट क्लबका प्रेसिडेन्ट विद्यार्थी अभिलाषा गुरुङले गर्नुभयो भने कार्यक्रम संयोजकमा रोहन आले रहनुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक धनबहादुर थापाले यस्ता कार्यक्रमले विद्यार्थीभित्र लुकेको प्रतिभा उजागर गर्ने, सिर्जनशील र सामाजिक बन्न प्रेरित गर्ने उल्लेख गर्दै सहभागी विद्यार्थीहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

विज्ञान, व्यवस्थापन र होटल व्यवस्थापन संकाय अन्तर्गत तीन समूहका विद्यार्थी सहभागी उक्त कार्यक्रममा होटल व्यवस्थापनतर्फ पाँच स्टल, विज्ञान समूहका चार स्टल तथा व्यवस्थापन समूहका छ स्टल गरी जम्मा १५ वटा स्टल सञ्चालनमा आएका थिए।

प्रदर्शनीका क्रममा विद्यार्थीहरूले विज्ञानसम्बन्धी प्रयोगात्मक सामग्री तथा विभिन्न खानाका परिकार प्रस्तुत गरेका थिए। साथै कार्यक्रममा विद्यार्थीहरूको सांगीतिक प्रस्तुति समेत रहेको थियो भने अतिथि गायकको रूपमा चोजन थापाले विशेष प्रस्तुति दिनुभयो ।

कार्यक्रमले विद्यार्थीको व्यवहारिक ज्ञान अभिवृद्धि गर्नुका साथै सिर्जनशीलता र आत्मविश्वास बढाउन सहयोग पु¥याएको विद्यालयले जनाएको छ।

Comments
Loading...