हिमाली आवाज । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा निर्माता एवं अभिनेत्री माया गुरुङले आर्थिक सहयोग गर्नुभएको छ ।
गुरुङ चलचित्र हुदैं नेपाली चलचित्रमा पाइला चालेकी गुरुङले नगद ११ हजार १११ रुपैयाँ सहयोग गर्नुभयो । सहारा क्लब पोखराले सञ्चालन गरेको आरारारा पोखरा गोल्डकपमा सहभागी हुन गएको समयमा शुक्रबार अभिनेत्री गुरुङ र उहाँका छोरा हिमाल गुरुङले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गर्नुभयो ।
सहारा क्लब हङकङकी सल्लाहकार गुरुङ फिल्म एसोसियशन हङकङकी अध्यक्ष हुनुहुन्छ । उहाँको निर्माणमा बनेको चलचित्र पेन्सनपट्टा छिट्टै प्रदर्शनको तयारीमा छ । हङकङ बस्दै आएकी अभिनेत्री गुरुङ र उनका छोरा हिमाल गुरुङ आहारारा पोखरा गोल्डकपका लागि नेपाल नेपाल आउनुभयो ।
सहयोग ग्रहण पछि एनपिजेए कास्की अध्यक्ष राम गुरुङले अभियान्ता गुरुङलाई धन्यवाद ज्ञापन गर्नुभयो । विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने गुरुङले बताउनुभयो ।
कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।
यस कोषमा यसभन्दा अघि सामाजिक अभियान्ता सरिता गुरुङले १५ हजार, नागरिक अभियान्ता रामबहादुर पौडेलले १० हजार, सल्लाहकार रमेश पौडेलले ५ हजार, अध्यक्ष राम गुरुङले १० हजार, सदस्य सञ्जय शाक्यले १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ ।


