हिमाली आवाज । निर्वाचन आयोगले चुनावमा तीन दिन बिदा दिन सरकारलाई सिफारिस गरेको छ।
चुनावमा मतदाताको उत्साहजनक सहभागिता बढाउने उद्देश्यले यहीँ फागुन २०, २१ र २२ गते बिदा दिन आज पत्राचारमार्फत सरकारलाई सिफारिस गरिएको आयोगका सह सचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो।
त्यसबारे निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ। प्रतिनिधिसभा निर्वाचन अन्तर्गत यहीँ फागुन २१ गते मतदान हुनेछ।


