पिइए इन्जियिरिङ एण्ड आईटी क्वीजमा मदरल्याण्ड प्रथम

हिमाली आवाज । मदरल्याण्ड बोर्डिङ स्कुल पिइए इन्जियिरिङ एण्ड आईटी क्वीज–२०८२ अन्तर्गत गण्डकी प्रदेशस्तरमा प्रथम भएको छ ।

पिइए एसोसिएसन प्रालिले कक्षा ११ र १२ मा विज्ञान विषय लिई अध्ययन गरेका विद्यार्थीबीच इन्जिनियरिङ र आइटी सम्बन्धित रहेर बर्सेनि यसप्रकारको प्रतियोगिता गर्दै आएको छ ।

पोखरामा भएको सो प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न विद्यालयबाट ९६ टिमले भाग लिएका थिए । जसमा मदरल्याण्डका मिजल पराजुली र कस्मित खनालको जोडी प्रथम भएको हो । उत्कृष्ट आठमध्ये मदरल्याण्ड प्रथमसहित चौथो, छैटौं र सातौं भएको छ ।
प्रतियोगितामा एसओएसका एरिज पोखरेल र सचेत सुवेदी द्वितीय भए । गण्डकी बोर्डिङका अभिनव ढुंगाना र एस.एन. भिक्टोरी तेस्रो भए ।
मदरल्याण्डका अमृत तिमिल्सिना र म्याथ्यु भूर्तेल चौथो, गण्डकी बोर्डिङका आयुश पौडेल र अल्वर्ट रेग्मी पाँचौं, मदरल्याण्डका मनीष अधिकारी र सुजल पौडेल छैटौं, मदरल्याण्डकै सम्पूर्ण शर्मा र सुभाष पोखरेल सातौं र सगरमाथा सेकेण्डरी स्कुलका समित खनाल र सक्षम तिमिल्सिनाको जोडी आठौं भएको छ ।

२०८० सालको क्वीजमा मदरल्याण्ड देशभरमै च्याम्पियन बनेको थियो । विद्यालयका प्रवेश बास्तोला र विनायक बास्तोला च्याम्पियन त्यसबेला प्रथम भएका हुन् । गत वर्ष मदरल्याण्ड राष्ट्रियस्तरमा दोस्रो भएको थियो ।
विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले मदरल्याण्डका विद्यार्थीले हरेक वर्ष कुनै न कुनै पुरस्कार जित्दै आएकोमा खुसी व्यक्त गरे ।
यसपालि आयोजकले गण्डकीसहित सातै प्रदेशबाट छनोट चरण लिइरहेको जनाएको छ । हरेक प्रदेशबाट छानिने उत्कृष्ट आठमध्येका प्रतियोगिताले राष्ट्रियस्तरको क्वीजमा सहभागिता जनाउनेछन् । विजेतालाई छात्रवृत्तिमा पिइए इन्जियिरिङ पढ्न पाउने सुविधासहित नगद एक लाख र ल्यापटप पुरस्कार दिइनेछ ।

मदरल्याण्डले आफ्ना विद्यार्थीलाई इन्जिनियरिङतर्फ छात्रवृत्तिसहित प्रवेश परीक्षामा नाम निकाल्न हरेक वर्ष थप तयारी कक्षा सञ्चालन गर्दै आएको प्लस टु इन्चार्ज नारायण आचार्यले बताए । विद्यालयले वर्षको सुरुआतदेखि तयारी कक्षा गर्ने भएकाले गत वर्ष पनि इन्जिनियरिङतर्फ ३५ जना विद्यार्थीले प्रवेश परीक्षामा नाम निकाली छात्रवृत्ति पाएका थिए ।

Comments
Loading...