पोखरामा काँग्रेसको बृहत् चुनावी सभा, शेरबहादुर देउवाको सम्पत्ति छानविन गर्ने गगनको घोषणा

हिमाली आवाज ।  नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मुलुकमा फेरी कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्ने संकल्प कांग्रेसले गरेको बताउनुुभएको छ ।
नेपाली काँग्रेस कास्कीद्वारा आज पोखराको अमरसिंहचौरमा आयोजित बृहत् आमसभालाई सम्बोधन गर्दै उहाँले  देशले भ्रष्टाचारबाट मुक्ति चाहेको बताउँदै कांग्रेसको सरकारले पहिलो काम एउटा शक्तिशाली आयोग गठन गर्ने बताउनुुभयो । उक्त आयोगले २०४६ सालपछि प्रधानमन्त्री बन्नुुभएका शेरबहादुर देउवाको सम्पत्ति, मन्त्री भएको गगन थापाको सम्पत्तिबाट नै छानबिन शुरु गर्ने बताउँदै उहाँले कसैलाई पनि नछोडिने स्पष्ट पार्नुुभयो । उहाँले भन्नुुभयो, “आफ्नो बा भएपनि छोडदैन । एउटा, एउटा कुराको छानबिन गर्छ । एउटा एउटा काण्डको छानविन गर्छ । र, भविष्यमा त्यस्तो कुनैपनि काण्ड हुन पनि दिन्न ।” त्यसका लागि संस्था र कानुन बनाउने उहाँले बताउनुभयो ।
मुलुकमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग क्षेत्रमा प्रत्येक क्षेत्रमा पाँच वर्ष भित्र क्रान्तिकारी रुपातरण ल्याउने गरी पार्टीले सरकार बनाएर काम गर्ने उहाँले जिकिर गर्नुुभयो । पाँच वर्षको यो समय देशलाई सम्हाल्नुपर्ने अवस्था रहेको र कुनै पनि द्वन्द्व अब नेपालले थेग्न नसक्ने बताउँदै उहाँले बढो जतनका साथ सबैलाई मिलाएर लैजानुपर्ने अवस्था रहेको बताउनुुभयो । गण्डकीमा परिणाम आउने गरी पर्यटन क्षेत्रको विकास गर्नुु आवश्यक रहेको उहाँले बताउनुभयो ।
निर्वाचनको मिति नजिकिदै गरेको बताउँदै उहाँले घरघरमा पुगेर मतदाताका कुरा सुन्न र बुुझाउन नेता तथा कार्यकर्तालाई आग्रह गर्नुुभयो ।
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आवेग र उत्तेजनामा नभै सोचेर मतदान गर्न आम मतदातासँग आग्रह गर्नुुभयो । कांग्रेस बदलिएर परिवर्तनको सुरुवात गरेको बताउँदै उहाँले विशेष महाधिवेशन पछि नयाँ सोच र उत्साहका साथ पार्टी अघि बढेको बताउनुुभयो । प्रश्नहरू गरेर त्यसबाट सन्तुष्ट बन्दै कांग्रेसमा मतदान गर्न पनि उहाँले आग्रह गर्नुुभयो ।
देशलाई गतिशिल बनाउनका लागि खुल्ला सार्र्वजनिक बहसका लागि कांग्रेस तयार रहेको बताउँदै उहाँले उक्त बहसका लागि सबै दलहरूलाई आग्रह गर्नुभयो ।
काग्रेस आँफू बदलिएर आएको र बदलिएको कांग्रेसले देश बदल्न सक्ने बताउँदै आँफूहरू आशन, शासन र भाषण सबै बदल्ने सोचका साथ अघि बढेको बताउनुुभयो ।
भौतिक पूर्वाधारका काममा हुने गरेका ढिलासुस्ती बन्द गर्न काँग्रेसले चाहेको बताउँदै उहाँले निर्माण व्यवसायी र मजदुर सबैका हकहितलाई कायम गर्नुुका साथै उनीहरूलाई जिम्मेवार बनाएर कामको प्रभावकारी बढाउने कुरामा कांग्रेस स्पष्ट रहेको धारणा राख्नुुभयो । नागरिकको मनोबल उचो बनाउन कांग्रेस चाहेको बताउँदै उहाँले कर्मचारी प्रशासनलाई प्रभावकारी बनाउने, शिक्षा विधेयक टुङ्ग्याउने जस्ता धेरै कुरामा कांग्रेसले संकल्प गरेको बताउनुुभयो ।
भ्रष्टाचारको न्त्यका लागि अख्तियारलाई बलियो बनाउने तथा कांग्रेसको कोही पनि सदस्यलाई भ्रष्टाचारको मुद्दा परेमा तत्काल साधारण सदस्य निलम्न गर्ने जस्ता संकल्प गरिएको बताउनुुभयो ।
नयाँलाई खोज्ने नाममा गल्ती नगर्न आग्रह गर्दै उहाँले भन्नुुभयो, “कतिपयलाई लागेको छ नयाँ खोजौँ । नयाँ खोज्दै गर्दा २०६४ सालमा माओवादीलाई झन्डै झन्डै दुई तिहाइ बहुमत दिएर संसदमा पु¥यायो । नयाँलाई खोज्दै गर्दा यो देशले २०६४ सालमा जुन गल्ती ग¥यो, त्यस्तै गल्ती गर्ने, या २०७० सालमा झैँ विवेक पु¥याउने भन्ने कुरा छनोट गर्नुपर्ने बेला छ ।” कांग्रेसको नेतृत्वमा दुई वर्षमा संविधान दिएको उहाँले स्मरण गराउनुुभयो ।
कार्यक्रममा नेपाली कांग्रेसका तर्फबाट कास्की क्षेत्र नं १, २ र ३ का उम्मेदवारहरू तीलक रानाभाट, माधवप्रसाद बास्तोला र मनोज गुुरुङले आ आफ्ना चुनावी प्रतिवद्धता सहित भनाइ राख्नुुभएको थियो ।
नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बराल, सहसचिव एवम् प्रवक्ता नविन सिग्देल लगायतले बदलिएको कांग्रेसले देश बदल्ने संकल्प सहित आएको भन्दै कांग्रेसका उम्मेदवारलाई अत्याधिक बहुमत सहित विजयी गराउन आग्रह गर्नुुभयो ।
Comments
Loading...