उम्मेदवार तिलक निर्वाचन क्षेत्रमा मतदाता भेट्दै र गुनासा सुन्दै

हिमाली आवाज । नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर १ का प्रत्यक्ष तर्फका उम्मेदवार तिलक रानाभाटले आफ्नो घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम पोखरा महानगरपालिका वडा नम्बर ३० मा शनिबार सम्पन्न गर्नुभएको छ ।

मतदाताहरूसँग भेटघाट गर्दै वडाको विकासबारे पनि चासो राख्नुभयो । रानाभाटले ताल्चोक बेगनास्थल बाटोको प्रगति विवरण साथै सिसुवादेखि खुदीखोलापुरसम्मको भर्खर निर्माण भएको बाटो, पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको कामबारे प्रगति विवरण, सङ्क्रमण तथा जनरल अस्पताल मोहरिया, शिशुवा अस्पताल, मैदी ताल लगायतका ठाउँहरूको प्रगति र भइरहेको काम बारेको बारेमा जानकारी समेत लिनुभयो ।

मतदाताहरूसँग भेटघाट गर्दै उम्मेदवार रानाभाटले अबको विकास डिजिटल विकास भन्ने मूल नारालाई आत्मसात गरेर नेपाली कांग्रेसले विशेष योजना बनाएर कांग्रेसको नेतृत्वमै सरकार बनाउने अवधारणा राख्नुभयो ।

नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नम्बर ३० का सभापति ध्रुवराज न्यौपानेको अध्यक्षतामा सम्पन्न घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमको सञ्चालन सचिव रामचन्द्र अधिकारी र सर्वेन्द्र न्यौपानेले गर्नुका साथै कार्यक्रमको बारेमा उपसभापति डम्बरु बल्लभ चापागाईंले स्पष्ट पार्नुभयो ।

वडा नम्बर ३० अन्तर्गत सिसुवाचोक खुदी गुमाज मोहरिया देउराली खोला लगायतका स्थानहरूमा भेटघाट गरेर मतदाताहरूको सुझाव लिएको हो।

कार्यक्रममा वडा नम्बर ३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदी, जनप्रतिनिधि विनोदप्रसाद लामिछाने, नेताहरू प्रेमप्रसाद सुवेदी, तीर्थ जङ्गली पुष्प मणि भण्डारी, सुरेन्द्र राज अधिकारी, सुभाष भण्डारी, सरोज अधिकारी, विश्वमोहन पौडेल, सनबहादुर गुरुङ कालु, शोभामोहन पौडेल लगायतले बोल्नुभएको थियो।

Comments
Loading...