एमाले गण्डकीका सांसद गुरुङको आह्वान:एमालेलाई मन नपरे तारामा भोट दिनु

हिमाली आवाज । नेकपा (एमाले)का नेता तथा गण्डकी प्रदेश सभा सदस्य वेदबहादुर गुरुङले सूर्य चुनाव चिन्हमा चित्त नबुझे नेपाली कम्युनिष्ट पार्टीको निर्वाचन चिन्हमा भोट हाल्न आह्वान गर्नुभएको छ ।

गुरुङले आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सबैलाई सूर्य चिन्हमा मत हाल्न आह्वान गर्दै यदि त्यहाँ चित्त नबुझे नेकपाको तारा चिन्हमा मत हाल्न आग्रह गर्दै अन्य पार्टीको चुनाव चिन्हमा मत नहाल्न आग्रह गर्नुभएको हो ।

‘कम्युनिस्ट पार्टीको मत आ–आफ्नो पार्टीमा चित्त नबुझेको हो भने अर्को कम्युनिस्ट पार्टीमा हालौँ बुर्जुवातिर सार्ने गल्ती नगरौँ । ठ्याक्कै भन्नु पर्दा सबैले मत एमालेको सूर्य चिन्हमा हालौँ, यदि त्यहाँ पनि चित्त नबुझेको हो भने नेकपाको तारा चिन्हमा हालौँ, तर अन्य पार्टीमा नहालौँ’, गुरुङले भन्नुभएको छ ।

गुरुङकाे फेसबुकमा स्ट्याटस

 

Comments
Loading...