निर्वाचनमा तीन तहको सुरक्षा व्यवस्था, निर्धक्क भएर मतदान गर्न आयोगको आग्रह

हिमाली आवाज ।  निर्वाचन आयोगले भाेली फागुन २१ गते हुने  निर्वाचनका लागि भरपर्दो र सुदृढ सुरक्षा प्रबन्ध मिलाइएको जनाएको छ।

विगतका अभ्यासहरुलाई समेत मध्यनजर गर्दै प्रत्येक मतदान केन्द्रमा तीन तहको सुरक्षा रणनीति अपनाइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयाे ।

सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यममा सुरक्षा चुनौतीका विषयमा आएका अतिरञ्जित र भ्रामक सूचनाहरुप्रति ध्यानाकर्षण भएको भन्दै आयोगले त्यस्ता हल्लाहरुमा सत्यता नरहेको प्रष्ट पारेको छ।

सबै सुरक्षा निकायहरुलाई समन्वयात्मक रुपमा परिचालन गरी भरपर्दो व्यवस्था मिलाइएकोले मतदाताहरु त्रसित हुनुपर्ने कुनै अवस्था नरहेको प्रवक्ता भट्टराईले बताउनुभयाे ।

आयोगले मतदाताहरुलाई कुनै पनि डर, त्रास, दबाब वा प्रभावमा नपरी निर्धक्क भएर आफूलाई तोकिएको मतदान केन्द्रमा जान र आफूलाई मन परेको उम्मेदवार तथा राजनीतिक दललाई मतदान गर्न अपील गरेको छ।

उहाँले भन्नुभयाे, ‘शान्ति सुरक्षाको लागि भरपर्दो प्रबन्ध मिलाइएको छ। मतदाताहरुले निधक्क भएर आफूलाई तोकिएको मतदान केन्द्रसम्म जाने र कसैको दबाब र प्रभावमा नपरिकन आफूलाई मन परेको मन पराएको उम्मेदवार र राजनीतिक दललाई मतदान गर्ने वातावरणका लागि सुरक्षाको कुनै चुनौती छैन। सबैतिर शान्ति सुरक्षाको अवस्था भरपर्दो रुपमा मिलाइएको छ। र मतदाताहरु अब मतदान गर्न जानलाई कुनै खालको अवरोध छैन।’

Comments
Loading...