हिमाली आवाज । दुई दशकदेखी नेकपा(एमाले)ले जित्दै आएको कास्की क्षेत्र नं २ मा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीले बाजी मारेको छ । नेकपा एमालेको विरासतसँग जोडिएको यस क्षेत्रमा रास्वपाका उत्तमप्रसाद पौडेल विजयी हुनुभयो । एमालेका रश्मी आचार्यलाई २४ हजार ४१८ मतान्तले पछि पार्दै पौडेल विजयी हुनुभएको छ ।
कास्की २ मा कुल ५२ हजार ५ सय १९ मत खसेकोमा पौडेलले ३१ हजार ९ सय ११ मत पाउँदा आचार्यले ७ हजार ४९३ मत प्राप्त गर्नुभयो ।
यहाँ नेपाली कांग्रेसका माधवप्रसाद बास्तोला मधुले ६ हजार ५ सय मत प्राप्त गर्दै तेस्रो हुँदा राप्रपाका उम्मेदवार हेमजङ गुरुङ १ हजार ६ सय ४३ मत प्राप्त गरेर चौथो, नेपाली कम्युनिष्ट पार्टी नेकपाका हेमबहादुर थापा पराजुलीले १ हजार २ सय ७६ मत ल्याएर पाचौं हुनुभयो । यस्तै उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २ सय १ मत प्राप्त गरेर छैटौँ हुनुभयो ।

