कास्की–३ मा रास्वपाकी बिनाको शानदार जित

हिमाली आवाज । कास्की निर्वाचन क्षेत्र नं ३ मा नेकपा एमालेको बलियो आधार क्षेत्र मानिँदै आएको राजनीतिक गढ भत्काउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार बिना गुरुङ फराकिलो मतान्तर सहित विजयी हुनुभएको छ। उहाँले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मनोज गुरुङलाई २४ हजार ९ सय ७० मतअन्तरले पराजित गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो।

निर्वाचन कार्यालयका अनुसार विजयी गुरुङले ३७ हजार ७ सय ५० मत प्राप्त गर्नुभएको छ भने उहाँका प्रतिस्पर्धी कांग्रेसका मनोज गुरुङले १२ हजार ७ सय ८० मत प्राप्त गर्नुभएको छ। यसैगरी नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले ७ हजार ९ सय ६ मत प्राप्त गर्नुभएको छ।

Comments
Loading...