हिमाली आवाज । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् कास्की इन्चार्ज कृष्ण थापाको हृदयाघातका कारण मृत्यु भएको छ ।
एमाले कास्कीले आयोजना गरेको क्षेत्र नं १ को चुनावी समिक्षा बैठकमा आफ्नो मन्तव्य सकेर बसेपछि थापा एक्कासी ढल्नुभएको थियो । लगत्तै पार्टीका नेताहरुले थापालाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पु¥याइएको भएपनि चिकित्सकले मृत घोषणा गरेको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारीले जानकारी दिनुभयो ।
पोखरा महानगरका पूर्व प्रमुख समेत रहनुभएका थापाको निधनप्रति एमाले कास्कीले गहिरो दुःख व्यक्त गरेको छ । यसैगरी विभिन्न राजनीतिक दल तथा नेताहरुले समेत थापाको निधनप्रति सामाजिक सञ्जालबाट दुःख व्यक्त गरेका छन् । थापा विसं २०७४ मा गण्डकी प्रदेशसभा सदस्य समेत हुनुभएको थियो ।

