हिमाली आवाज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलको बैठकले वरिष्ठ नेता बालेन शाहलाई दलको नेता बनाएको छ ।
बिहीबार केन्द्रीय कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले शाहलाई दलको नेता बनाउने निर्णय गरेको हो । बालेन दल नेता बनेसँगै प्रधानमन्त्री बन्ने बाटो खुला भएको छ ।
यससँगै शाहले भोलि नै प्रधानमन्त्रीको शपथ लिनुहुनेछ । रास्वपाले प्रधानमन्त्रीको शपथसँगै अन्य मन्त्रीहरुको समेत एकैपटक शपथ गराउने तयारी गरेको छ ।

