हिमाली आवाज । नेकपा(एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली शनिबार विहानै पक्राउ पर्नुभयो । सरकारले जेनजी आन्दोलनको छानविनका लागि गठन गरिएको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने भन्दै ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो । जेनजी आन्दोलन दमन गरेको अभियोग दुवै जनामाथि छ ।
आफ्नो अध्यक्षलाई पक्राउ गरिएपछि एमालेका कार्यकर्ता भने सडकमा आएका छन् । उनीहरुले विहानदेखीनै पोखरा सहित देशभर विरोध प्रदर्शन गरे । पोखरामा पनि एमाले निकट जनवर्गिय संगठनहरुले काकई आयोगको प्रतिवेदन जलाएका छन् । ओलीलाई प्रतिशोधपूर्ण तरिकाले पक्राउ गरेको विरोधमा एमाले निकट अनेरास्ववियु र युवा संघले आज अपराह्न कार्की आयोगको प्रतिवेदन जलाएका हुन् ।
प्रतिवेदन जलाउनुअघि विरोध र्यालीसमेत निकालिएको थियो । एमाले कास्की जिल्ला पार्टी कार्यालयबाट सुरु भएको विरोध र्याली पृथ्वीचोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । विरोध सभामा बोल्दै अनेरास्ववियु गण्डकीका अध्यक्ष सन्तोष पोखरेलले कार्की आयोगको प्रतिवेदन प्रतिशोध र पूर्वाग्रहपूर्ण भएको आरोप लगाउनुभयो । उहाँले ओलीलाई तुरुन्तै रिहा गर्न समेत माग गर्नुभयो ।
एमालेका कार्यकर्ताले देशभर पक्राउको विरोधमा सडकमा प्रदर्शन गरेका छन् । केही ठाउँमा साँझ मसालजुलुस समेत निकालिएको थियो ।

