हिमाली आवाज । नवलपरासीको वौदीकाली गाउँपालिकाले कास्कीको माछापुच्छ«े गाउँपालिकाले आयोजना गरेको गण्डकी प्रदेश अन्तरपालिका ‘अध्यक्ष कप’ भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
माछापुच्छ्रे गाउँपालिकाको आयोजनामा यही चैत ११ गतेदेखी गाउँपालिकाको केन्द्र लाहाचोकको महेन्द्र मावि खेल मैदानमा सञ्चालन भएको प्रतियोगिताको आज भएको पुरुषतर्फको फाइनल खेलमा तनहुँको शुक्ला गण्डकी नगरपालिकालाई ३–२ को प्रतिस्पर्धात्मक सेटमा हराउँदै बौदीकालीले उपाधि जितेको हो ।
च्याम्पियन बनेको बौदीकालीले ट्रफी सहित रु दुई लाख पुरस्कार पाउँदा उपविजेता शुक्लागण्डकीले रु एक लाख पुरस्कार पायो । बौदीकालिले पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पार्दा दोस्रो र तेस्रो सेट शुक्लालाई २१–२५ र २२–२५ ले सुम्पियो । चौथो सेटमा २५–१७ ले पुनरागमन गर्न सफल भयो । अन्तिम सेट १५–११ ले जित्दै बौदीकाली च्याम्पियन बन्न सफल भयो । बौदीकालीले यसअघि दोस्रो संस्करणको प्रतियोगिताको समेत उपाधि जितेको थियो । प्रतियोगितामा सेमिफाइनलमापुगेका कास्कीको अन्नपूर्ण गाउँपालिका र स्याङ्जाको बिरुवा गाउँपालिकाले नगद रु २५÷२५ हजारका दरले पुरस्कार र ट्रफी,मेडल प्राप्त गरे ।
पुरुष तर्फ बौदीकालिका हिमाल सुनारी उत्कृष्ट खेलाडी घोषित हुनुभयो। शुक्ला गण्डकीका इश्वर स्वाँर उत्कृष्ट स्पाईकर, बौदीकालिका विश्वास अधिकारी उत्कृष्ट ब्लकर, शुक्लाका अशोक मल्ल उत्कृष्ट सेटर,बौदीकालिका अशोक श्रेष्ठ उत्कृष्ट सर्भर ,शुक्लाका मदन ठकुरी वेस्ट डिफेन्डर र उत्कृष्ट प्रशिक्षक बौदीकालिका जित बहादुर थापा घोषित हुनुभएको गाउँपालिका खेलकुद विकास समितिका सदस्य सचिव हुमबहादुर गुरुङले हिमाली आवाजलाई जानकारी दिनुभयो ।
यसैगरी महिलातर्फको उपाधि एलिट भलिबल एकेडेमी नदीपुर पोखराले जित्यो । विजेता एलिटले नगद रु ६० हजार साथमा ट्रफी र मेडल प्राप्त ग¥यो । त्यसै गरी शान्ता भलिबल टे«निङ सेन्टर द्धितीय भई नगद रु ३० हजार साथमा ट्रफी, मेडल प्राप्त ग¥यो ।
यसैगरी पालिकाले आयोजना गरेको छोलो हान्ने खेल तर्फ अशोक पुन प्रथम, सरोज मगर द्धितीय पारमान गुरुङ तृतीय र दीपक हर्मेल सान्त्वना हुनुभयो । छोलो मा प्रथमले नगद रु १० हजार, द्धितियले नगद रु पाँच हजार, तृतीयले नगद रु दुई हजार र सान्त्वनाले नगद रु एक प्राप्त गरे । विजेता टोली तथा खेलाडीहरुलाई गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङ, अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, माछापुच्छ«े गाउँपालिका उपाध्यक्ष सीता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदी लगायतले पुरस्कार वितरण गर्नुभयो ।
गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङले स्थानीय स्तरबाट देशका लागि आवश्यक सक्षम खेलाडी उत्पादन गर्ने उद्धेश्यले प्रतियोगिता गरिएको बताउनुभयो । “देशका लागि आवश्यक समक्ष खेलाडी उत्पादन गर्ने पालिकाबाटनै हो । प्रतिभाको खोजी गरी उनीहरुलाई राष्ट्रियस्तरमा चिनाउनका लागि प्रतियोगिताले मद्धत पुगेको छ ।” अध्यक्ष गुरुङले भन्नुभयो ।

