पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ

हिमाली आवाज । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्का पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले आइतबार बिहान उनलाई पक्राउ गरेको हो ।

जानकारी अनुसार सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा उनी पक्राउ परेका हुन्।   उनी लैनचौरस्थित स्काउटको जग्गा विवाद र जेनजी आन्दोलनका बेला आफ्नो घरमा भएको आगजनीमा पैसा उडेको भनिएको भिडियो प्रकरणमा पनि मुछिएका छन्।

Comments
Loading...