चितवन । राजधानी काठमाडाैलाइ तराइसँग जाेड्ने मुग्लिन—नारायणगढ सडकखण्ड चैत १७, १८ र १९ गते सम्म राति १० बजे देखी बिहान ४ बजे सम्म बन्द हुने भएको छ । घोप्टे भीर खण्डमा अहिले भित्ता काट्ने काम भइरहेकाले रातिको समयमा सवारी आवागमन आंशिक रुपमा बन्द गरिने चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । घोप्टे भीर क्षेत्र मुग्लिन र मनकामना केबलकारको बिचमा पर्दछ ।
बर्षायामममा हुने पहिरोको जोखिमलाई मध्यनजर गर्दै उक्त स्थानमा सडक केही फराकिलो बनाउन बन्द गर्न लागिएको हो त्यस खण्डमा अहिले धमाधम काम भइरहेको उहाँले बताउनु भयो ।
विना सूचना सडक पटक पटक बन्द गरिँदै आएकोमा यात्रुको असुविधालाई मध्य नजर गरि सडक बन्द गरिएको उहाँको भनाई छ ।

