हिमाली आवाज । इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसिएसन(एगा) पोखराको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकासँगको सहकार्यमा एगा सम्बद्ध व्यवसायीलाई अभिमुखीकरण तालिम प्रदान गरिएको छ ।
तनहुँको भानु नगरपालिका वडा नं ९ चितीखोलास्थित ग्रिन हिमालय फार्म स्टेमा आयोजित अभिमुखीकरणमा ४० जनाको सहभागिता थियो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले पर्यटकहरूले हस्तनिर्मित सामाग्रीहरू उपहारका रुपमा लैजाने बताउँदै त्यस्ता समाग्री तयार गर्नेतर्फ जोड दिन आग्रह गर्नुुभयो । पोखरा पर्यटनको राजधानी भएको बताउँदै उहाँले यहाँ आउने पर्यटकलाई लक्षित गरी समाग्रीहरू तयार गर्नेतर्फ ध्यान दिनुपर्ने धारणा राख्नुुभयो ।
पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाले समाज प्रविधिमा फड्को मारिसकेको बताउँदै डिजिटल मार्केटिङमा जोड दिनुपर्ने बताउनुुभयो । तालिमका सिकाइलाई व्यवहारमा उतार्न उहाँले आग्रह गर्नुुभयो
एगा पोखराका अध्यक्ष गोकर्ण लम्सालले संस्थाका सदस्यहरूको क्षमता अभिबृद्धिमा सहयोग पु¥याउने लक्ष्यका साथ अभिमुखीकरण तालिम आयोजना गरिएको बताउनुुभयो ।
अध्यक्ष लम्सालको सभापतित्व एवम् सचिव माया सुवेदीले सञ्चालन गर्नुुभएको कार्यक्रममा स्वागत उपाध्यक्ष गीता ढकाल पौडेलले गर्नुुभएको थियो कार्यक्रम संयोजक एवम् सहसचिव सुरेन्द्र पौडेलले कार्यक्रम माथि प्रकाश पार्नुभएको थियो ।
सहभागीलाई डिजिटर मार्केटिङ र ग्राहक पहिचान एवम् डिलिङ सम्बन्धमा पर्यटन विज्ञ दीपेन्द्र पहारी र तनाव व्यवस्थापन सम्बन्धमा सीता पौडेलले अभिमुखीकरण तालिम प्रदान गर्नुुभएको थियो ।
कार्यक्रममा एगा पोखराका संस्थापक अध्यक्ष वेदप्रसाद पाण्डे, पूर्व अध्यक्षहरू चिरञ्जिवी पोखरेल, कृष्णकुमार श्रेष्ठ, जीवनाथ गौतम, विश्वराज पोखरेल लगायतको सहभागिता थियो ।
कार्यक्रमका सहभागीले भानु नगरपालिका वडा नं ९ चितीखोलास्थित कडरिया एकिकृत कृषि फर्म, नक्षत्र बाटिका लगायतका स्थलहरूको अवलोकन गरेका थिए ।

