गण्डकीमा मन्त्रिपरिषद् पुनःगठन, पुराना सबै मन्त्री हटे

हिमाली आवाज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू नेतृत्वको सरकारका सबै मन्त्री हटाएर नयाँलाई मौका दिनुभएको छ । मुख्यमन्त्रीले आफ्नो पार्टी नेपाली काँग्रेस र नेकपा एमालेका सबै मन्त्री हटाएर सरकार पुनःगठन गर्नुभयो ।

सरकारमा नेकपा एमालेका तर्फबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री बन्नुभएको छ । यस्तै, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री तथा भीम कार्की स्वास्थ्य मन्त्री नियुक्त हुनुभएको छ ।
त्यसैगरी, नेपाली कांग्रेसका तर्फबाट जित शेरचन अर्थमन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बन्नुभयो । यसैगरी रेखा गुरुङ सामाजिक विकास युवा तथा खेलकुदमन्त्री र नम्डु गुरुङ वन तथा वातावरण मन्त्री बन्नु भएको छ ।
नवनियुक्त मन्त्रीहरूले आजनै प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष पद तथा गाेपनियताकाे शपथ लिएर पदभार ग्रहण गर्नु भएको छ ।

Comments
Loading...