पोखरामा शनिबारदेखी राष्ट्रिय जुनियर टेनिस सुरु हुँदै

हिमाली आवाज । देशको पर्यटकीय राजधानी पोखरास्थित पोखरा रङ्गशालामा शनिबारदेखी पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता सुरु हुँदैछ ।पोखरा रङ्गशालाको टेनिस कम्प्लेक्समा यही वैशाख ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक कास्की जिल्ला टेनिस संघले आज पत्रकार सम्मेलन मार्फत दिएको हो ।

प्रतियोगितामा यू–८, यू–९, यू–१०, यू–१२, यू–१४, यू–१६ र यू–१८ उमेर समूहका ‘ब्वाइज’ तथा ‘गल्र्सतर्फ’ ‘सिंगल्स’ र ‘डबल्स’ गरी कुल १६ इभेन्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक लोकबहादुर गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रतियोगितामा कास्कीका १५ जना खेलाडी सहित देशका अन्य जिल्लाबाट गरी ९० खेलाडीको सहभागिता रहनेछ ।
प्रतियोगितामा पोखरासहित काठमाडौं, चितवन र बुटवलका खेलाडीहरुको सहभागिता रहने संघका कार्यवाहक अध्यक्ष नविन चालिसेले बताउनुभयो । यस प्रतियोगिताले नयाँ तथा प्रतिभाशाली खेलाडीहरुको प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण योगदान पु¥याउने चालिसेले बताउनुभयो ।

“विद्यालयतयदेखीनै टेनिस खेल विकास गरी योग्य सक्षम खेलाडी उत्पादनमा प्रतियोगिताले सहयोग पुग्ने विश्वास लिएका छौँ । पोखरामा खेल पर्यटन प्रवद्र्धनका लागि पनि प्रतियोगिता महत्वपूर्ण हुनेछ । ” चालिसेले भन्नुभयो ।

प्रतियोगिताको तयारी पूरा भएसँगै स्थानीय खेलाडीहरुले यो प्रतियोगितालाई अवसरको रुपमा लिएको बताउँदै यहाँबाट उत्पादित खेलाडीहरुको अन्य प्रतियोगितामा समेत उत्साहजनक सहभागिता रहेको बताइन्छ ।

प्रतियोगिता सम्पन्न गर्न करिब रु तीन लाख खर्च लाग्ने अनुमान गरिएको छ । विजेता खेलाडीहरुलाई मेडल, प्रमाणपत्र तथा गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । साथै, प्रतियोगिताले खेलाडीहरुको जुनियर वरियतामा सुधार ल्याउन समेत सहयोग पुग्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको मुख्य प्रायोजन कुमार मोहनबहादुर शाहीले गर्नुभएको छ । उहाँले आफ्ना नाति–नातिनीको नाममा यस प्रतियोगितालाई विगत पाँच वर्ष देखि प्रायोजन गर्दै आएको संघका सचिव भिष्मराज पौडेलले जानकारी दिनुभयो ।

Comments
Loading...