हिमाली आवाज । पोखरा,५ वैशाख । घाचोक माछापुच्छ्रे –पोखरा सम्पर्क समाजले प्रकाशन गरेको विसं २०८३ को भित्तेपात्रोको आज विमोचन गरिएको छ ।
पोखरामा आयोजित एक कार्यक्रम सहित भित्तेपात्रो विमोचन तथा नयाँवर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो । सोही कार्यक्रममा निवृत्त राष्ट्रसेवक समाज माछापुच्छ्रे गाउँपालिका समितिले प्रकाशन गरेको भित्तेपात्रो समेत लोकार्पण गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि गण्डकी प्रदेशसभा सदस्य गणेशमान गुरुङ, घाचोक÷माछापुच्छ्रे पोखरा सम्पर्क समाजका अध्यक्ष तोयनाथ बैरागी र निवृत्त राष्ट्रसेवक समाजका अध्यक्ष हरिचन्द्र गौतमले भित्तेपात्रो लोकार्पण गर्नुभयो ।

कार्यक्रममा प्रमुख अतिथि प्रदेशसभा सदस्य गुरुङले आफ्नो जन्मथलो, जन्मेको स्थानको रितीथिति र परम्परालाई सदैव जहाँ रहेपनि विर्सन नहुने बताउनुभयो । “आफ्नो जन्मस्थान र जन्मभूमिप्रतिको दायित्व जहाँ रहेपनि सदैव रहन्छ ।

समाजले आफ्ना सदस्यको दुःख र सुखमा सँधै साथमा रहेर काम गर्नुपर्छ। ”गुरुङले भन्नुभयो । उहाँले सामाजिक संस्थामा राजनीति प्रवेश गर्न नहुनेमा जोड दिनुभयो । “सामाजिक संस्थाले राजनीतिक मुद्धा बोक्ने हा तर राजनीतिक दलको झोला बोक्ने होइन ।” प्रदेश सांसद गुरुङल भन्नुभयो।
प्रदेशभा सदस्य गुरुङले नयाँवर्षमा देशमा सुशासन, समृद्धि र नयाँपुस्ताले उठाका मागहरु पूरा हुने विश्वास व्यक्त गर्नुभयो ।
घाचोक÷माछापुच्छ्रे– पोखरा सम्पर्क समाजका अध्यक्ष तोयनाथ लम्सालले स्थापनाको छोटो समयै समाजले धेरै सृजनशील काम गरेको बताउँदै समाजका सदस्यहरुको दुःख सुःखमा सँधै साथमा रहेर काम गर्दै आएको सुनाउनुभयो ।
“हामी काम गर्दै छौँ,जोडिदै छौँ, सबैलाई समाजको महत्व बुझाउँदैछौँ । आआफ्नो व्यवस्ताकाबीचमा समेत समाजलाई थोरै समय दिएर कार्ययोजना बनाएर काम गरिरहेका छौँ । ” लम्सालले भन्नुभयो ।
कार्यक्रममा निवृत्त राष्ट्रसेवक समाजका कास्कीका इन्चार्ज तथा माछापुच्छ्रेका संयोजक पूर्ण गिरी, अध्यक्ष हरिचन्द्र गौतम, वरिष्ठ समाजसेवी नन्दकुमारी गुरुङ, घाचोक÷माछापुच्छ्रे– पोखरा समाजका सल्लाहकार मिनप्रसाद लम्साल लगायतले नयावर्षको शुभकामना व्यक्त गर्दै समाजका कामलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने प्रतिवद्धता जनाउनुभएको थियो ।
समाजका प्रथम उपाध्यक्ष महेश्वर पोखरेलले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन समाजका सचिव जगत गुरुङ गर्नुभएको थियो ।
कार्यक्रममा समाजका सल्लाहकार मिनराज लम्साल, माछापुच्छ्रे–३ का का संस्थापक वडाध्यक्ष सूर्यप्रसाद लम्साल, समाजका पदाधिकारी तथा सदस्यहरु तथा निवृत्त राष्ट्रसेवक समाजका सदस्यहरुको उपस्थिति रहेको थियो ।
