स्याङ्जाका धार्मिक पर्यटकीय गन्तव्यमा पुगे कास्कीका अधिकृतहरु

हिमाली आवाज ।  कस्केली अधिकृत समाज कास्कीले आज स्याङ्जाका विभिन्न धार्मिक पर्यटकीय गन्तव्यको प्रवद्धनात्मक भ्रमण गरेको छ ।
समाजले समाजिक उत्तरदायित्व समेत बहन गर्दै आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत पोखरा र आसपासका धार्मिक पर्यटकीय गन्तव्य प्रवद्र्धन गरिहेकोमा यस वर्ष स्याङ्जाका नवग्रह मन्दिर, सतौंचण्डी, भालुपहाड लगायतका गन्तव्यलाई समेटेको हो ।
नवग्रह मन्दिर, सतौंचण्डी लगायत स्थानको धार्मिक पर्यटनकीय प्रवद्धनात्मक भ्रमणमा २८ जना सहभागी बन्नुुभएको कस्केली अधिकृत समाजका अध्यक्ष चन्द्रबहादुर सुवेदीले जानकारी दिनुभयो ।
“हामीले हरेक वर्ष पोखरा र आसपासका क्षेत्रमा रहेका विभिन्न धार्मिक पर्यटकीय महत्वका गन्तव्यहरू प्रवद्र्धन गरिरहेका छौं”, उहाँले भन्नुभयो, “यस वर्ष पछिल्ला समयमा चासो र चर्चा कमाएको अर्जुुनचौपारी गाउँपालिकास्थित नवग्रह मन्दिर, पुतलीबजार नगरपालिकास्थित सतौं चण्डी लगायतका गन्तव्य समेटेका हौं ।”
पोखरासँगै आसपासका सम्भावना युक्त गन्तव्यहरूमा गर्ने गरिएको यस किसिमको प्रवद्धनात्मक भ्रमणले तत्तत् स्थानको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको उहाँले बताउनुुभयो ।
कार्यक्रमका लागि समाजका सहसचिव वासुदेव पौडेलको संयोजकत्वमा मैया पराजुली, अनिलकुमार शाही, वसन्त चालिसे, चन्द्रावती अधिकारी रहनुुभएको उपसमिति समेत गठन गरिएको थियो ।
कस्केली अधिकृत समाजले यस अघिका वर्षमा स्याङ्जाको नुवाकोट, बाग्लुुङको पञ्चकोट, लम्जुङको लम्जुङ दरबार, पर्वत तथा स्याङ्जाको डहरेदेउराली, अन्धाअन्धी, लगायतका गन्तव्यहरूको प्रवद्र्धनात्मक भ्रमण सम्पन्न गरिसकेको कस्केली अधिकृत समाजका सचिव महेश पौडेलले जानकारी दिनुुभयो ।
Comments
Loading...