पोखरा स्पोर्टस् अवार्डमा स्पेशल अवार्डका लागि नेलम्बो नेपालको सहयोग

हिमाली आवाज ।विपन्न समुदाय र जैविक विविधता साझेदारी संस्था (नेलम्बो) नेपालले १० औं रारा पोखरा स्पोर्टस अवार्डमा सहकार्य गर्ने भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा आगामी वैशाख ३१ गते पोखराको इभेन्ट सेन्टरमा सम्पन्न हुने १० औं संस्करणको पोखरा स्पोर्टस् अवार्डमा प्रदान गरिने स्पेशल अवार्डमा सहयोग गर्ने गरी नेलम्बो नेपालले सहयोग गर्ने भएको हो ।

पोखरा स्पोर्टस अवार्ड आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था र नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा बीच पोखरा स्पोर्टस् अवार्डलाई सहयोग गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सो अवसरमा वोल्दै नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले विशेष गरी सामुदायिक स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आइरहेको नेलम्बो नेपालले स्वास्थ्य र समृद्धिका लागि खेलकुद भन्ने नाराका साथ स्थापित नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्न लागेको पोखरा स्पोर्टस अवार्डमा सहकार्य गर्न पाउदा गौरवान्वित भएको बताउनुभयो ।

त्यस्तै खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरले नेलम्बो नेपालले सामुदायिक स्तरमा स्वास्थ्य सम्बन्धी सेचतनामुलक कामहरु गर्दै आइरहदा खेलाडी, खेलक्षेत्रमा लागेको अग्रज ब्याक्तित्व र संघ संस्था र पत्रकारलाई समेत सम्मान गर्ने कार्यक्रममा सहकार्य गरेकोमा नेलम्बो नेपाल प्रति आभार प्रकट गर्नुभयो ।

आगामी वैशाख ३१ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा विभिन्न नौ विधामा अवार्ड प्रदान गरिदै छ । जसमा लाइफटाईम एचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट महिला, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट खेल संघ संस्था, पिपुल्स च्वाइस अवार्ड, स्पेशल अवार्ड र वर्ष उत्कृष्ट खेल पत्रकार रहेका छन । पोखरा स्पोर्टस अवार्डमा पिपुुल्स च्वाइस अवार्डका लागि गुरुङ गहना घर प्रालिले स्कुटर प्रायोजन गरेको छभने स्पेशल अवार्डका लागि नेलम्बो नेपालले प्रायोजन गरेको छ ।

 

 

Comments
Loading...