गण्डकीका पत्रकारलाई डेटा पत्रकारिता तालिम, तंथ्याङ्क पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउँछः मुख्यमन्त्री पाण्डे

हिमाली आवाज।  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तथ्यांकमा आधारित पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने बताउनुभएको छ ।

प्रेस रजिष्टारको कार्यालय गण्डकी प्रदेशको आयोजनामा सञ्चालित आठ हप्ता समयावधिको डेटा ड्रिभन जर्नालिज्म (तथ्याङ्क पत्रकारिता) तालिमको आज आयोजित समापन समारोहमा तथ्यपरक पत्रकारिता यथार्थपरक हुने बताउनुभयो ।

हाम्रो परम्परागत पत्रकारिता धेरै हदसम्म ‘कसले के भन्यो’ भन्ने कुरामा सीमित रहेको बताउँदै उहाँले राजनीतिक दलका नेताका भाषण र आरोप–प्रत्यारोपले न्युजरुमहरू भरिएको बताउनुुभयो ।

    “अबको युग भनाइको होइन, तथ्य र प्रमाणको हो । तथ्याङ्कले कहिल्यै झुट बोल्दैन ।”, उहाँले भन्नुुभयो, “जब एउटा पत्रकारले सरकारका रातो किताब, महालेखाका प्रतिवेदन र विकासका अङ्कहरूलाई केलाएर समाचार लेख्छ, तब मात्र समाजको वास्तविक चित्र छर्लङ्ग हुन्छ । यो तालिमले सञ्चारकर्मीलाई भनाइबाट तथ्य तिर डो¥याउने एउटा महत्वपूर्ण प्रस्थान बिन्दुको काम गरेको छ ।”

तथ्याङ्कमा आधारित पत्रकारिता आजको समयको माग मात्र नभै लोकतन्त्रलाई बलियो बनाउने एउटा अचूक अस्त्र पनि भएको उहाँको भनाइ छ ।

तालिमका उपलब्धिलाई कार्यक्षेत्रमा उतार्न आग्रह गर्दै उहाँले तालिमपछि गण्डकी प्रदेशका सञ्चार माध्यमहरूमा बजेटका अङ्कहरू भित्र लुकेका मानवीय कथाहरू आउने अपेक्षा गरिएको बताउनुुभयो ।

गण्डकी प्रदेशका प्रेस रजिष्टार विमला भण्डारील गण्डकीको पत्रकारितामा नयाँ युगको सूत्रपात गर्ने आठ  हप्ते डेटा ड्रिभन जर्नालिज्म (तथ्याङ्क पत्रकारिता) बहुुउपयोगी बन्ने विश्वास व्यक्त गर्नुुभयो ।

हिजोसम्मको हाम्रो पत्रकारिता मूलतः भनाइ र घटनाको वरिपरि घुमिरहेको बताउँदै उहाँले अबको युग भाषणको नभै तथ्याङ्कको हो भन्ने कुरालाई आत्मसात् गर्दै प्रेस रजिष्ट्रारको कार्यालयले यो तालिम आयोजना गरेको बताउनुुभयो  ।

यसलाई केवल तालिमका रूपमा मात्र नलिएको उल्लेख गर्दै उहाँले यो प्रदेशको पत्रकारितामा ’क्रियात्मक रूपान्तरण’ को एउटा महाअभियान भएको बताउनुुभयो ।

तालिमबाट दीक्षित भएका १८ जना पत्रकारहरू अब गण्डकी प्रदेशका लागि डेटा फोकल पर्सन भएको भन्दै उहाँले भन्नुुभयो, “उनीहरूले अब न्युजरुममा गएर कसले के भन्यो भन्दा पनि अङ्कले के देखायो भन्ने तथ्यमा आधारित पत्रकारिता गर्नेछन् ।”

प्रेस रजिष्ट्रारको कार्यालय केवल सञ्चार माध्यमलाई अनुगमन गर्ने वा नियमन गर्ने निकाय मात्र नभै समग्र सञ्चार क्षेत्र र सञ्चारकर्मीहरूको क्षमता विकास गर्ने एउटा अभिभावक संस्था पनि भएको उहाँको भनाइ छ ।

गण्डकी प्रदेशका निमित्त प्रमुख सचिव कृष्णप्रसाद लम्सालले नतिजामुखी क्षमता अभिबृद्धिका तालिम प्राथमिकतामा राखिने बताउनुुभयो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले सरकारले पत्रकारिता क्षेत्रको विकासका लागि बजेट विनियोजन गर्न सरकार समक्ष आग्रह गनुुृभयो ।

कार्यक्रममा प्रमुख प्रशिक्षक उमेश श्रेष्ठ, प्रशिक्षार्थीहरू श्रीधर उपाध्याय, खिमा गुरुङ, प्रकाश ढकाल लगायतले बोल्नुुभएको थियो ।

Comments
Loading...