हिमाली आवाज । कालिका बहुमुखी क्याम्पस पोखराको सञ्चालक समिति अध्यक्षमा पुनः पोखराका प्रतिष्ठित युवा उद्योगी किरण के.सी. निर्वाचित हुनुभएको छ ।
क्याम्पसको आज सम्पन्न क्याम्पस सभा तथा सातौँ अधिवेशनले केसीलाई पुनः अध्यक्षमा चयन गरेको हो । यसैगरी उपाध्यक्षमा बोध बहादुर कार्की , तथा सदस्यहरुमा भिमसेन थापा, जे वी कुवर, प्रेम कार्की , ई.महेश कार्की, विमल बहादुर कार्की , वीर बहादुर बुढाथोकी , बन्दना के सी कार्की, कमल बहादुर वस्नेत, मिन बहादुर गिरी, किरण अधिकारी अधिबक्ता विरन्द्र के सी सर्व सम्मत चयन हुनुभएको निर्वाचन समिति संयोजक कृष्ण बहादुर थापाले जानकारी दिनुभयो ।
नवनियुक्त अध्यक्ष केसीले क्याम्पस विधान लगायत रणनितिक योजना वमोजिम क्याम्पसलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पहिचान बनाइ , विभिन्न स्वदेशी तथा विदेशी संघ सस्थाहरु संग एम ओ यु गरी क्याम्पसमा अध्यन गरेका विद्यार्थीहरुलाई रोजगारीको व्यवस्था मिलाउनुको साथै क्याम्पसमा प्रध्यापनरत शिक्षकहरुलाई अनुसन्धान कार्यमा सहयोग पुर्याउने प्रतिवद्धता जनाउनुभयो ।
“हामी बजारले माग गरे बमोजिम आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न नयाँ विषय सञ्चालन गर्नुको साथै भै रहेका कार्यक्रमलाई शिपमूलक बनाउन नन के्रडिट कोर्षहरु सञ्चालन गरेका छौ। विद्यार्थीहरुलाई ज्ञान , शिप र अनुशासित बनाई योग्य नागरीक बनाउनु मुख्य लक्ष्य रहेको छ ।” अध्यक्ष केसीले भन्नुभयो ।
क्याम्पस प्रमुख प्रा. बिरन्जी गौतमले विसं २०७८ चैत्र ४ गते देखी हाल सम्मको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै सवैको सहयोग र सहकार्यको परिणाम स्वरुप क्याम्पसले थप उचाइ प्राप्त गर्न सकेको र आगामी दिनहरुमा पनि यस प्रकारका सहयोगको अपेक्षा क्याम्पसले राखेको बताउनुभयो ।
अधिवेशनको उद्घाटन कार्यक्रममा बोल्दै कालिका बहुमुखी क्याम्पसका संस्थापक सदस्य डा.चन्द्र बहादुर गुरुङ्गले जुन परिकल्पना गरेर क्याम्पस स्थापना भएको थियो । त्यो आज पूरा भएको बताउनुभयो ।
पूर्व क्याम्पस प्रमुख बालाकृष्ण शर्मा, रबीन्द्रनाथ बास्तोला , सिनेटर निशा मल्ल ठकुरी , प्रेम प्रकाश गौतमले कार्यक्रमको पूर्ण सफलतामा शुभकामना व्यक्त गर्नुभयो ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष किरण केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा, क्याम्पस सञ्चालक समितिका निर्वतमान अध्यक्ष तथा संरक्षक प्रेम कुमारी के.सी प्रमुख अतिथि हुनुहुन्थ्यो ।
अधिवेशनमा निर्वाचन समितिका संयोजक पूर्व प्रहरी बरीष्ठ उपरीक्षक कृष्ण बहादुर थापाले निर्वाचन कार्यतालिका बारेमा जानकारी गराउनुभयो । सञ्चालक समितिका उपाध्यक्ष तथा पो म न पा वडा नं १४का वडा अध्यक्ष बोध बहादुर कार्कीले उपस्थित सम्पूर्णलाई स्वागत गरेको कार्यक्रमको सञ्चालन सिनेटर माधव बरालले गर्नुभएको थियो ।
