फिर्केका अतिक्रमित संरचनामा दाेस्रो दिन पनि डोजर चल्यो

हिमाली आवाज । फिर्केखोलाको खोला घर खाली गर्ने अभियानको दोस्रो दिन साना ठुला गरी ३१ वटा संरचनाहरू हटाइएको छ । पोखरा महानगरपालिका वडा नं.१८ र २ को सिमाना क्षेत्रमा ६ वटा संरचनाहरू हटाइएको छ भने, वडा नं.४ र ५ को क्षेत्रमा ६ वटा पक्की र ३ वटा कच्ची संरचनाहरू भत्काइएको छ ।
पहिलो दिन बाँकी रहेको पोखरा ८ मा रहेको राधाकृष्ण सामुदायिक भवन पूर्ण रूपमा हटाइएको छ भने, त्यस क्षेत्रमा रहेका ६ वटा पक्की र ९ वटा कच्ची संरचना हटाइएको छ । यसरी दोस्रो दिनसम्म आइपुग्दा ५१ वटा संरचनाहरू खोला घरबाट हटाइएको छ ।
खोला घर खाली गर्ने कार्यमा ३ वटा जेसिवी र २ वटा एक्स्काभेटर प्रयोग भइरहेका छन् । नेपाल पहरी, सशस्त्र प्रहरी, महानगरीय प्रहरी बल र प्राविधिक कर्मचारीहरू समेत खटिएका छन् ।
फिर्केखोलाको खोला घर खाली गरिसकेपछि त्यसलाई एक आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गरिने नगर प्रमुख धनराज आचार्यले बताउनु भएको छ । साइकल लेन, फुटपाथ, हरियाली प्रवद्र्धन र लाईटिङ् सहितको सुरक्षित पर्यटनका रूपमा फिर्केको विकास गरिनेछ ।

Comments
Loading...