पोखराको पृथ्वीचोक क्षेत्रका अतिक्रमित संरचनामा डोजर चल्यो

हिमाली आवाज । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी विभिन्न संघसंस्थाले बनाएका अनधिकृत भवनमा महानगरले आज डोजर चलाएको छ ।
महानगरले नेपाल ट्रेड युनियन कांग्रेस, जिफन्ड गण्डकी, सामुदायिक प्रहरी, सहारा क्लब, हिमाली सांस्कृतिक परिवारको भवन, सार्वजनिक शौचालयलगायतका संरचना हटाउन सुरु गरिएको हो ।
सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा दुईवटा डोजर प्रयोग गरेर संरचना हटाउन थालिएको हो । महानगरले संरचना हटाउने पूर्वसूचना गरेपछि सङ्घसंस्था र व्यवसायीले भवन तथा सटर आफैँ खाली गरेका थिए ।
पोखरा उपत्यका नगरविकास समितिको जग्गा अतिक्रमण गरेर विभिन्न सङ्घसंस्थाले भवन बनाइ सटर भाडामा लगाउँदै आएका थिए । महानगरपालिकाले आयोजना गरेको सर्वदलीयरसर्वपक्षीय छलफलपछि राजनीतिक दलका भातृसंस्थालगायतले भवन खाली गर्न राजी भएका थिए ।
महानगर र उपत्यका नगरविकास समितिले गत वैशाख पहिलो साता सूचना जारी गरी अतिक्रमित संरचना खाली गराउन निर्देशन दिएको थियो । उक्त सूचनाको म्याद सकिएपछि बिहीबारदेखि महानगरले संरचना हटाउन सुरु गरेको हो ।
कृष्ण दवाडी,पोखरा

Comments
Loading...