हिमाली आवाज । पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालिले आफ्नो पहिलो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।
होटलले एक वर्षको अवधिमा स्वदेशी तथा विदेशी पर्यटकलाई नेपाली मौलिकता र अन्तर्राष्ट्रियस्तरको सेवा प्रदान गर्दै पोखराको पर्यटन क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको जनाएको छ । कार्यक्रममा होटल व्यवस्थापन, पर्यटन व्यवसायी, अतिथि तथा कर्मचारीको सहभागिता रहेको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश नीति तथा योजना आयोजनाका उपाध्यक्ष कृष्णचन्द्र देवकोटाले होटलले पोखरामा स्तरीय सेवा प्रदान गर्दै पाहुनाको सेवा गरेकामा आभार व्यक्त गर्नुभयो । उहाँले पर्यटन राजधानीमा होटल पूर्वाधारमा लगानी वृद्धि हुनुपर्नेमा जोड दिनुभयो ।
वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा होटल अध्यक्ष विश्वराज पौडेलले पर्यटन क्षेत्रमा गुणस्तरीय सेवा विस्तारसँगै पोखराको आतिथ्य संस्कृतिलाई अन्तर्राष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने लक्ष्यसहित होटल सञ्चालन गरिएको बताउनुभयो । होटलले नेपाली कला, संस्कृति र आधुनिक सुविधाको संयोजनमार्फत पर्यटकलाई फरक अनुभव प्रदान गर्दै आएको उहाँको भनार्ई छ ।
होटलमा डिलक्स र सुपर डिलक्ससहित विभिन्न श्रेणीका ५५ कोठा रहेका छन् । होटलमा स्पा, स्वीमिङ पुल, रेष्टुरेन्ट, बार, सम्मेलन हललगायत सुविधा उपलब्ध छन् । होटलले पहिलो वर्षमै आन्तरिक तथा बाह्य पर्यटकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गरेको प्रवन्ध निर्देशक भीष्मराज पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार पोखरामा पछिल्ला वर्षहरूमा स्तरीय होटल तथा स्पाको विस्तार भइरहेका बेला टेम्वल बेलले पनि पर्यटन प्रवद्र्धन र रोजगारी सिर्जनामा योगदान पु¥याउँदै आएको छ ।
होटलले वार्षिकोत्सव विशेष समारोहका होटल निर्माण तथा स्थापनामा महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति, निर्माण कम्पनी, बैंकिङ साझेदार, काष्ठकर्मी, शिल्पकार, डिजाइनर तथा विभिन्न क्षेत्रका सहयोगीलाई नगद सहित सम्मान गरेको कर्पोरेट म्यानेजर लेखनाथ पहारीले हिमाली आवाजलाई जानकारी दिनुभयो ।
